spot_img
Wednesday, June 7, 2023
Homeब्यानरआज ६० औं नेपाल रेडक्रस स्थापना दिवस,मनिकापुर उप–शाखाले विभिन्न कार्यक्रम गरी मनायो

आज ६० औं नेपाल रेडक्रस स्थापना दिवस,मनिकापुर उप–शाखाले विभिन्न कार्यक्रम गरी मनायो

spot_img

आज आइतबार नेपाल रेडक्रस सोसाइटीको ६० औ स्थापना दिवस ,यसै अवसरमा बाँकेको नेपालगंज उपमहानगरपालिका–२० मा रहेको मनिकापुर रेडक्रस सोसाइटी उपशाखाले विभिन्न कार्यक्रम गरी रेडक्रस दिवस मनाएको छ ।उप–शाखाले स्थापाना दिवसको उपलक्ष्यमा मनिकापुरका विभिन्न क्षेत्रहरुमा ¥याली निकालेको थियो ।¥यालीमा शाखाका पदाधिकारी तथा सदस्यहरु,स्थानिय विद्यालयका शिक्षक विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो । राझा एयरपोर्टबाट निकालिएको ¥याली राझाका विभिन्न चोक हुदै एयरपोर्टचोकमा स्थापना गरीएको शाखाको कार्यालयमा आएर समापन भएको थियो ।

यसैविच मनिकापुर उप–शाखाले आफ्नो कार्यालयको उद्घाटन समेत गरेको छ ।उप–शाखाका सभापति नमराज सापकोटाको सभापतित्वमा भएको शाखा कार्यालय उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा रेडक्रस सोसाइटी बाँकेका सहकोषाध्यक्ष दुःखीराम लोनिया रहेका थिए । यसैगरी कार्यक्रममा स्थानिय जनप्रतिनिधि वडा नं.२० का वडा अध्यक्ष कौशल कुमार धोवी,नेपालगंज उद्योगवाणिज्य संघका सदस्य विन्दु चर्तीमगर लगायतले बोलेका थिए ।कार्यक्रममा बोल्दै रेडक्रस सोसाइटीका सहकोषाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लोनियाले रेडक्रस सोसाइटी मनिकापुरले आफ्नो कार्यालय स्थापना गरेको धन्यवाद दिएका थिए । उनले मनिकापुर रेडक्रस सोसाइटी उप–शाखा उच्च मुल्याङकन गरीने बताए ।

यसैगरी स्थानिय जनप्रतिनिधि नेपालगंज उपमहानगरपालिका–२० का अध्यक्ष कौशल कुमार धोवीले मनिकापुर रेडक्रस सोसाइटीको भवनका निर्माणका लागि वडाको सहयोग रहने बताएका थिए ।कार्यक्रममा बोल्दै मनिकापुर उपशाखाका सभापति नमराज सापकोटाले उपशाखाको भवन निर्माणका निम्ति जग्गाको व्यवस्था भैसकेको हुदाँ यसमा स्थानिय सरकारको विशेष सहयोग हुनु पर्ने बताए । उनले स्थानिय मन्दिर समितिका अध्यक्ष सचेन्द्र चौधरी,डा.अरविन्द कुमार मिश्र र डा.राजेश केशर खनाललाई रेडक्रसको लागि जग्गा निम्ती विशेष भुमिका खेलेको धन्यवाद समेत दिएका थिए ।यसैगरी सभापति सापकोटाले यही भन्दौ २५ गते स्थानिय आर्दश माध्यामिक विद्यालयमा स्वाथ्य शिविर हुने भएको जानकारी समेत गराएका छन ।कार्यक्रममा स्वागत मन्तव्य शाखाका सदस्य उत्तम कुमार गौतमले गरको थिए भने सहजीकरण शाखाका सचिव जगनाथ कडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here