गुल्मेली समाज सेवा समिति बाँकेको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शनिबार एक कार्यक्रमका विच सम्पन्न भएको छ । समाजका निवर्तमान अध्यक्ष भस्कर काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यलय प्रमुख सुर्य बहादुर खत्रीको प्रमुख अतिथि रहेका थिए । शपथ ग्रहण कार्यक्रममा निर्वाचन अधिकृत पुर्णलाल चुकेले समितिका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ खुवाएका थिए ।समितिका निवर्तमान सचिव भिम कडेलले सहजीकरण गरेका थिए ।


00