spot_img
Wednesday, June 7, 2023
Homeब्यानरप्रजातान्त्रिक विचार समाज बाँकेको अध्यक्षमा पुनःडा.सुवेदी

प्रजातान्त्रिक विचार समाज बाँकेको अध्यक्षमा पुनःडा.सुवेदी

spot_img

प्रजातान्त्रिक विचार समाज बाँकेको अध्यक्षमा पुनः डा.राजकुमार सुवेदी निर्वाचित भएका छन् । प्रजातान्त्रिक विचार समाजको शनिबार नेपालगन्जमा भएको साधारणसभा तथा जिल्ला अधिवेशनले डा। सुवेदीको अध्यक्षतामा तीन वर्षीय कार्यकालका लागि जिल्ला नेतृत्व निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा दोर्णबहादुर ओली, सचिवमा चित्रबहादुर शाही, सहसचिवमा प्रियास्मृति ढकाल र कोषाध्यक्षमा यशोदा उपाध्याय निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा शुक्रऋषि चौलागाई, मधु पौडेल, ऋषि शर्मा, राम एकपाल मण्डल, अस्मिता शाह, मोहनजंग शाह, अर्बिन्द्रदत्त मिश्र, डा.राजेश केशर खनाल, अयूब सिद्दिकी र टेकेन्द्र महतरा रहेका छन् ।
त्यसअघि सम्पन्न उद्घाटन सत्रमा नेपालमा संघियताको प्रयोग, असर र चुनौतीहरु विषयक विचार गोष्ठीमा बोल्ने बक्ताहरुले संघियता कार्यान्वयन चुनौतीपूर्ण बन्दा यसप्रति जनतामा वितृष्णा बढ्न थालेकोप्रति राजनीतिक दलहरु सजग हुनुपर्ने बताएका थिए । संघियता आफैंमा ठीक वा वेठीक भन्दा पनि यसको प्रयोग महत्वपूर्ण पक्ष रहेको बक्ताहरुको भनाई छ । अधिकांश बक्ताहरुले संघियता शक्ति र अधिकार बाँडफाँडको उच्चतम् अभ्यास भएको चर्चा गर्दै सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवम् समाजका कार्यसमिति सदस्य शुक्रऋषि चौलागाईले संघियताको प्रयोग, असर र चुनौतीहरुका विषयमा आधारपत्र प्रस्तुत गरेका थिए । त्यसमाथि बक्ताहरुले टिप्पणी गरेका थिए । केही बक्ताहरुले संघियताको चर्को विरोध गर्दै नेपालमा सफल नहुने संघियता जबर्जस्ती लादिएको भन्दै छोटो समयमै असफल सिद्ध भइसकेको टिप्पणी गरेका थिए ।
समाजका लुम्बिनी प्रदेश अध्यक्ष शंकर दिवस मजगैयाँ, बर्दिया अध्यक्ष लक्ष्मण घिमिरे, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति सनत कुमार रेग्मी, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, राप्रपाका सचिव रुद्रमणि न्यापाने, महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गणेश कुमार रेग्मी लगायतले धारणा राखेका थिए ।उद्घाटन कार्यक्रम समाजका अध्यक्ष डा। राजकुमार सुवेदीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश अध्यक्ष मजगैंयाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष द्रोण वलीले गरेका थिए । सञ्चालन सचिव चित्र बहादुर शाहीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here