नेपालमा संघियता लागू भएपनि कार्यान्वन गर्न चुनौती रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन । प्रजातान्त्रिक विचार समाज बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताले संघियताको आवश्यकता रहेपनि यसलाई असफल बनाउने प्रयास भइरहेको बताए ।
संघियताले देशको समृद्धि र विकासमा टेवा पुर्याउने बक्ताहरुको जोड छ । संघियताले धेरै अवसर सिर्जना पनि गरेको उनीहरुले बताए । समाजका लुम्बीनी प्रदेश संयोजक शंकर दिवस मजगैयाको प्रमुख आतिथ्य तथा समाज बाँकेका अध्यक्ष डा.राजकुमार सुवेदीको सभापतित्वमा आयोजित कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं समाजका सदस्य शुक्रऋषि चौलागाईंले संघियताको प्रयोग, असर र चुनौतीका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिस्ठानका पुर्ब सदस्य सचिव सनत रेग्मी, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टिका बाँके सचिव रुद्रमणी न्यौपाने,प्रजातान्त्रिक विचार समाज बार्दियका सभापति लक्ष्मण घिमिरे,नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादव, महेन्द्र बहुमुखी क्याम्पसका पुर्बप्रमुख मोहनजंग शाह र गणेश रेग्मी, सावित्री बस्नेत लगायत अतिथीको सहभागिता रहेको थियो। कार्यक्रम संचालन समाजका अधिवक्ता चित्रबहादुर शाहीले गरेका थिए ।
