spot_img
Friday, September 29, 2023
Homeब्यानरपत्रकार महासंघ बाँकेलाई फोनिजले बुझायो ज्ञापनपत्र

पत्रकार महासंघ बाँकेलाई फोनिजले बुझायो ज्ञापनपत्र

spot_img

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघ बाँकेलाई ज्ञापन पत्र बुझाएको छ । महासंघ बाँकेका अध्यक्ष भगतराम थारुले पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारीलाई बिहीबार ज्ञापन पत्र बुझाएका हुन् ।
पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुन् भनि स्थापित गरियोस् भन्ने मागसहित दबाव स्वरुप ज्ञापन पत्र बुझाइएको अध्यक्ष थारुले बताए । अध्यक्ष थारुले स्वर्गिय श्रेष्ठको तस्बिर सहित ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्र बुझाउने क्रममा पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, कोषाध्यक्ष बिनोद पौडेल, फोनिज बाँकेका कोषाध्यक्ष दिपककुमार राई, सदस्य सुष्मा श्रेष्ठ, सञ्चारिका समुह नेपाल बाँकेका कार्यसमिति सदस्य आशा परियार, महासंघका कार्यालय प्रमुख मेराज सलमानी, सागरमाथा गन्तब्य डटकमका मार्केटिङ्ग अफिसर बिरु गोडियाको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here