spot_img
Wednesday, February 1, 2023
Homeब्यानरदेश भनेको सास्कृतिक एकाई हो

देश भनेको सास्कृतिक एकाई हो

spot_img

लेखकःललित कुमार रौनियार
देश भनेको सांस्कृतिक एकाइ पनि हो। केवल भूगोल र भौतिक कुरा मात्र देशको परिचय होइन । कुनै पनि देशको निर्माण सांस्कृतिक जगको आधारमा निर्माण भएको हुन्छ ।
धार्मिक, सांस्कृतिक धरोहर नै राष्ट्रवाद, देशभक्ति र राष्ट्रियताको आधार हो। संसारमा कुनै त्यस्तो देश छैन, जसले सांस्कृतिक आधार नबोकेको होस्। कुनै देशको आफ्नो सांस्कृतिक आधार समाप्त भयो भने त्यो देशको पहिचान, परिचय र राष्ट्रियता पनि स्वतः समाप्त हुन्छ। बलियो सांस्कृतिक जग, सम्पन्नताको सूचक पनि हो ।
आदिम युगदेखि वैदिक सनातन हिन्दूदर्शनको केन्द्रको रुपमा, उदगम भूमिको रुपमा र महान ऋषिमुनि, तपस्वी, देवीदेवता र साधु सन्तको तपस्थलिको रुपमा रहेको नेपाल कहिले पनि धर्मनिरपेक्ष थिएन।
६२र६३ को आन्दोलनमा कसैले धर्मनिरपेक्षको माग गरेका थिएनन् । आन्दोलनको क्रममा नेतृत्व गर्ने नेताहरु कसैले पनि विषय नै नकोट्याएको धर्मनिरपेक्ष शब्द कसरी अन्तरिम संविधानमा समावेश भयो भन्नेमा अधिकांश नेताहरु स्वयम् अनभिज्ञ थिए । तर दातृ राष्ट्रहरुको नियमित तालिम, बैठक, र सल्लाहमा तिनै अनविज्ञ नेताहरु धर्मनिरपेक्षको वकालत गर्न लागे।
धर्मनिरपेक्षको सामान्य अर्थ हुन्छ, धर्मप्रति कुनै पक्ष नभएको। वैदिक शास्त्रहरुका अनुसार धर्मको अर्थ सत्य, दया, अहिंसा, सदाचार,सबैमा समभावाले हेर्नु, समान दृस्टि राख्नु, सहयोगी भाव हुनु, झुटो नबोल्नु, अरुलाई दुस्ख नदिनु आदि हो । यिनै धर्मका आचरणहरु हुन्। यस्ता व्यवहारसहित क्षेत्रयोचित कर्म गर्नुलाई धर्म गर्नु वा धार्मिक हुनु भन्ने बुझिन्छ ।
धर्मको कुनै पक्ष नलिनु वा धर्मनिरपेक्ष मान्नु भनेको यी र यस्ता धर्मका आचरणहरुलाई राज्य र व्यक्तिले नस्विकार्ने भन्ने बुझिन्छ, सत्य नचाहने, दया नचाहने, प्रेम नचाहने, समाजको भलाई नचाहने, हत्या हिंसा र बलात्कार जस्ता गतिबिधि स्विकार्ने भन्ने बुझिन्छ। धर्मनिरपेक्षको अर्थ राज्यले सत्य र सहि कुराको पक्ष लिँदैन भन्ने नै हो।हाम्रो वैदिक सनातन धर्मका नीति शास्त्रहरुले मानिसलाई महान बन्न प्रेरित् गर्छ,
मनुर भवः
मातृ देवो भव। पितृ देवो भव । आचार्यदेवो भव । अतिथि देवो भवः
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी,
अहिंसा परमो धर्मः,धर्म हिंसा तथैव च
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुख भागभवेत।
ऊँ शांतिः शांतिः शांतिः

वैदिक शास्त्रहरुले यस्ता नीतिका कुराहरु सिकाएर व्यक्तिलाई असल, ज्ञानी र सहृदयी बन्न प्रेरित गर्छ। धर्मले नै चोरी गर्नु हुँदैन, प्राणी हिंसा गर्नु हुँदैन, माता पितालाई सम्मान गर्नुपर्छ भनेर सिकाउँछ, राष्ट्र र राष्ट्रप्रतिको कर्तव्य सिकाउछ। विवेकी, देशभक्त र स्वाभिमानी बन्न सिकाउँछ।
हिजो अमरसिंह थापा, भक्ति बलभंद्र र झागल गुरुङ, बिषे नगेर्ची आदिलाई हाम्रो धर्मकै प्रेरणाले देश प्रति जीवन समर्पित गर्न सिकाएको हो ।राजा पृथ्वी नारायणलाई पनि धर्मले नै राज्य एकीकरण गर्न प्रेरित गरेको हो । धर्मराज्य स्थापना गर्ने, असली हिन्दुस्थान बनाउने उहाँको मूल उद्देश्य थियो ।
रास्ट्रनिर्माणका वीर वीरंगनाहरुले “जय जय काली जय जय गोरख” भन्ने महान नारा लगाउँदै बैरीहरु सामु खुकुरी तरवार बर्साएका थिए । युद्ध गर्नु पूर्व शक्ति पिठहरुमा पूजा अर्चना र भाकल आदि गर्दथे। युद्ध जितेपछि मन्दिर, शिवालय र शक्तिपिठहरु निर्माण गर्दथे। धर्ममा न्याय हुन्छ । अधर्ममा अन्याय हुन्छ। त्यसैले धर्मयोचित शाशन गर्न राजा राम शाहलाई प्रेरित गर्‍यो, “न्याय नपाए गोरखा जानु” भन्ने उक्ति धर्मयोचित तवरले शासन हुने गोरखा राज्य बाट चल्यो ।
इतिहासमा विशाल रहेको यस नेपाल देश विभिन्न कालखण्डमा खण्डित हुने र एकीकृत हुनेक्रम निरन्तर चल्यो । नेपाल देशको सिमाना हिन्दू वैदिक शास्त्रहरुमा स्पस्ट व्याख्या गरिएको छ। भनिन्छ, नेपाल सत्ययुगमा सत्यावती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपानर हाल कलियुगमा नेपाल नामले परिचित छ ।
यसको सिमाना पूर्वमा आसाम देखि पश्चिममा काश्मिर र उत्तरमा कैलाश मानसरोवर देखि दक्षिणमा गङ्गासम्म फैलिएको बारेमा हिमवत्खण्ड आदि ग्रन्थहरुमा स्पस्ट उल्लेख छ। गण्डकी, कोशी, कर्णाली, त्रिशुली, वाग्मती आदि नदीको बारेमा वैदिक ग्रन्थहरुमा उल्लेख छ। यहाँका हरेक पहाड पर्वतहरुका बारेमा हाम्रा शास्त्रहरुमा प्रसस्त व्याख्या गरिएको छ। त्यसैले हिन्दू वैदिक शास्त्रहरू नेपालको असली इतिहास हुन्। हिन्दूत्व र वैदिक सस्कृति हाम्रो पहिचान हो।
आज हामी जुन भूमिमा जन्मे हुर्केका छौँ, त्यो इतिहासमा पिता पुर्खाले धर्मयोचित कर्म गर्दिनाले नै हो । यस देशको जन्म, धर्म राज्यको स्थापना हेतुले प्रेरित हो। यस देश निर्माणको जग धर्म हो। धर्मले यस देशको निर्माण गरेको हो । ऋषि मुनिको पदचाप हाम्रा पुर्खाले पछ्याएका हुन् । यो भूमि नै वेद भूमि, ऋषि भूमि र तपोभूमि हो ।
वेद यहि हिमवत्खण्ड “नेपाल” को उपहार हो । पुराण लगायत शास्त्रहरु यहि देशका नदी किनार र गुफामा बसेर ऋषिमुनिहरुले रचना गरे ।गायत्रीको साधना यही भयो । योग, तन्त्र, ज्योतिष र आयुर्वेद जस्ता शास्त्रहरू नेपालमै रचना भए। त्यसैले नेपाल विश्वको लागि ज्ञानको मुहान हो, वैदिक सभ्यताको केन्द्र हो। कुनै त्यस्तो वैदिक शास्त्र छैन, जसले नेपाल नबोकेको होस्।
हामीलाई सिन्धु बाट हिन्दूु बन्यो भनेर सिकाइयो, पढाइयो । यसमा केही सत्यता हुन् सक्छ। तर वास्तविक अर्थ “हिमालयका दूत” अर्थात “हिमदूत” ९हिमालयमा बसेर तप गर्ने ऋषिमुनि० हरुले फैलाएको दर्शन भएको हुनाले हिन्दू दर्शन भनिएको हो ।
हिम दर्शन नै हिन्दू दर्शन हो । यद्यपि सिन्धुबाट हिन्दूशब्द बन्यो भन्नुमा पनि समस्या छैन। सिन्धु नदीको मुहान कैलाश क्षेत्र तिब्बत नै हो । जसरी सिन्धुको मूल कैलाश अर्थात हिमालय हो, ठीक त्यसरी नै हिन्दू दर्शनको मूल पनि हिमालयक्षेत्र नै हो । तर यही सिन्धुबाट हिन्दू बन्यो भनेर पछिल्लो समय नेपालका हिन्दूुलाई शरणार्थी भन्नेहरु पनि छन्। हामीलाई सिन्धुबाट हिन्दू वा हिमदूतबाट हिन्दू भन्नुमा समस्या होइन। शब्दमा होइन दर्शनको जन्मको हिसाबले नेपालहिन्दू धर्मको केन्द्र हो । उदगम भूमि हो।
हाम्रो धर्मले विश्वलाई परिवार र दाजुभाइ दिदीबहिनी मान्न सिकाउँछ, ईस्लामले इस्लाम बाहेक अन्यलाई काफीर र इसाई ९च्रिस्तियन० ले शैतान ठान्छ । जबसम्म इसाई बनिँदैन, उनीहरुको मित्र बन्न सकिँदैन, उनीहरुले इसाई बाहेक अरुलाई आफ्नो देख्नै सक्दैनन्। इस्लामले इस्लाम बाहेक अन्यलाई आफ्नो देख्दैनन्। तर बिडम्बना आजको परिभाषाले धर्म भनेको हिन्दू ईसाई, मुश्लिम र बौद्ध भनेर परिभाषा गरेको छ। धर्ममा हुनुपर्ने आचरण शत प्रतिशत हिन्दू सभ्यतामा भएको हुनाले हिन्दू धर्म भनिनु अवश्य न्यायोचित हुन्छ। हिन्दू सभ्यताको जननी नेपाल भएको हुनाले पनि नेपाल हिन्दू राज्य नै हुनुपर्छ।
तर हिन्दू वैदिक धर्मले चराचर जगतका सम्पूर्ण प्राणीलाई मित्र देख्छ । त्यसैले पनि हिन्दू वैदिक दर्शनको प्रचार आवश्यक छ, त्यसको लागि उद्गमभूमि नेपालले त्यो गरिमा कायम राख्नुपर्छ।
आज पश्चिमी राष्ट्रहरु स्वअध्ययन गरी हिन्दू वैदिक धर्मको महिमा बुझेर हरे राम हरे कृष्ण भन्दैछन्, सात्विक जीवन जिउँदै छन्। हिजो वाइवल अनुसार आफू बाहेक अन्यलाई शैतान मान्ने पश्चिमाहरु योग ध्यान गर्न थालेका छन्, अहिंसा, सत्य र दयाको प्रचार गर्दैछन्। ईसाई मिसनरीहरुझैँ हामीले गोराहरुको घर घरमा गएर कहिले पनि गीता पढ्नुस्, नीतिशास्त्र पढनुस् भनेर भनेनौ, तैपनि उनीहरु आफैले खोजेर बुझेर हिन्दू आचरण अवलम्बन गर्दैछन्। धर्मको मर्म बुझ्दै छन् ।तर हामीले भुल्दै छौ। हाम्रो राज्य सत्ताले भुल्दै छ, भुलाउँदै छ।
केवल हिन्दूुको जनसंख्या नेपालमा प्रतिशतका आधारमा ठूलो छ भन्ने हिसाबले मात्र नेपाल हिन्दूराज्य हुनुपर्छ भन्नु गलत हो। हिन्दूत्व नेपालको राष्ट्रिय पहिचान हो । नेपाल करोडौँ हिन्दूहरुको आस्थाको केन्द्र हो। विश्वभरिका हिन्दूहरुले पुज्ने पवित्र स्थल हो। जसरी अब्राहमिक मत मान्नेहरुका लागि जेरुसेलम ९इजरायल० पवित्र भूमि हो, त्यस्तै ओमकार परिवारमा रहेका समस्तहिन्दूहरुको लागि आस्थाको केन्द्र नेपाल हो । यसको अस्मिता र वैदिक पहिचान अछुण राख्नु हाम्रो कर्तव्य हो।
हिन्दू शब्दले नेपाल निर्माणको इतिहास बोक्छ । यहाँको पहाड पर्वत, हिमाल, नदी, फाट र समथर मैदानको चिनारी बोक्छ। हिन्दू दर्शनको मूल भूमि, उदगम भूमि भएको कारणले अवश्य पनि यसको मौलिकता, पहिचान, अस्मिता र स्वरुपलाई उचित सम्मान दिनको लागि यस देशलाई हिन्दू राज्य भनिनु तर्क र न्यायको हिसाबले उचित हुन्छ।
इसाईहरुको इतिहास नेपालमा सय वर्ष पनि पुरानो छैन। मल्लकालमा व्यापारिक प्रयोजन र नेपाल एकिकरणको समयमा ल्याएका केही मुस्लिम परिवारहरुको अलि पुरानो इतिहास छ। अन्यथा मुस्लिमको पनि नेपालमा पुरानो इतिहास छैन। तर हिन्दू यस राष्ट्र निर्माण पूर्व नै थिए, यो राज्य हिन्दूहरुले नै निर्माण गरे। यस देशको सभ्यता र संस्कृति हिन्दूहरुकै देन हो। बौद्ध, किँरात, बोन वा अन्य जे सुकै शब्द प्रयोग गरेता पनि हिन्दू शब्दले यस्ता अन्य सनातनी मौलिक दर्शन समेतलाई प्रतिनिधित्व गर्ने हुँदा नेपाललाई हिन्दू राज्य घोषणा गर्दा कसैलाई अन्याय हुँदैन।
सुरुवात देखि नै अब्राहमिक पन्थ ९मुस्लिम र इसाई० विश्वलाई आफ्नो अनकुल बनाउन तल्लिन रहे। मुस्लिमले विश्वलाई मुस्लिम राज्य बनाउने र इसाईले विश्वलाई इसाई राज्य ९यहोबाको राज्य० बनाउने अभियानले विश्व आतंकित बन्दै गएको छ।
विगत ८०० वर्षको निरन्तर मुस्लिम आक्रामणका कारण करोडौँ हिन्दूहरु मारियो, संस्कृति नाश गरियो र मुस्लिम कबुल बराइयो । त्यस्तै इसाईहरुले विश्वलाई इसाइ साम्राज्य बनाउने अभियानले करोडौ करोड अन्य संस्कृतिका मानिसहरुलाई मारियो, जिउँदै जलाइयो, धर्म संस्कृति नाश पारियो।
भारतकै इतिहास हेर्‍यौँ भने निरन्तर मुस्लिम र इसाइको उपनिवेश तथा आक्रमणमा परेर उसले आफ्नो मौलिक स्वरुप गुमाउँदै गएको छ। विगत केही वर्षयता नेपालमा पनि निरन्तर अब्राहमिक पन्थ मान्नेहरुले वैदिक सनातनी धर्मावलम्बीहरुलाई प्रलोभन र डर त्रासमा आफ्नो मौलिक धर्म संस्कृतिबाट च्युत गराएर उनीहरुको मत स्विकार्न बाध्य पारिरहेका छन्। धर्मनिरपेक्षको परिभाषा नै नेपालको सन्दर्भमा हिन्दूलाई निरुत्साहन गर्ने तर अब्राहमिक पन्थलाई फैलाउने रबढवा दिने भन्ने बुझिएको छ।
धर्मनिरपेक्षको आडमा नेपालको धर्म संस्कृति नाश हुँदै गएको छ। विशेष गरेर यहाँको बौद्ध, किँराती र प्रकृति पुजकहरु ठूलो संकटमा परिरहेका छन्। हिन्दू राज्य हुँदा सम्मानित तवरले आफ्नो धर्म संस्कृतिमा रमाउँदै रहेका बौद्ध तथा किँरातीहरु आज भटाभट इसाई बनिरहेका छन् । यदि हामीले हाम्रो सबै मौलिक धर्म संस्कृतिलाई जोगाउने हो भने संवैधानिक तवरमा नेपाललाई हिन्दूराज्य घोषणा गरिनु पर्छ । प्रलोभन, डर त्रासमा हुने धर्म परिवर्तनलाई बन्द गरिनु पर्छ। अन्यथा नेपालको राष्ट्रियता र क्षेत्रीय अखण्डता माथि ठूलो संकट आउने पक्का छ।
संविधान जारी गर्दाको समयका तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाले नै नेपाल धर्मनिरपेक्ष भएको कुरा आफूलाई पत्तै नभएको बताएका थिए। यसै बाट प्रस्ट हुन्छ कि नेपाललाई कसरी धोकेवाज तरिकाबाट धर्मनिरपेक्ष घोषणा गरिएको रहेछ।
एक टेलिभिजन अन्तर्वार्तामा संविधानविद भीमार्जुन आचार्यले “धर्मनिरपेक्ष, गणतन्त्र र संघियता प्रायोजित रहेछ भन्ने आभास हुँदैछ” भन्ने कुरा बताउनु भएको थियो। वास्तविकता पनि यस्तै हुँदै गैरहेको छ। घटनाक्रमहरुले यो कुरा पुष्टि गरिरहेको छ।
विदेशीको क्रिडास्थल बनाउने योजनासहित नेपाललाई अधार्मिक, धर्मनिरपेक्ष राज्य बनाइयो भन्ने कुरा अधिकांश नेता तथा बौद्धिक वर्गहरुले स्वीकार गरिसकेका छन् ।
नेपाली जनताले संविधान जारी गर्ने समयमा सरकारलाई धर्मनिरपेक्ष र संघीयताको विपक्षमा नै सुझाव दिएका थिए। तर नेपाली जनताको सुझावलाई संविधानमा समेट्ने प्रयास गरिएन।
नेपाल धर्मनिरपेक्ष राज्य घोषणा गरेसँगै देशका हरेक वडाहरुमा चर्च बनिरहेका छन्। नेपाल विश्वको सबैभन्दा धेरै संख्यामा धर्म परिवर्तन गरेर इसाइमत स्वीकार गर्ने राष्ट्रमा पहिलो बनिरहेको छ। यहि रफ्तारमा अगाडि बढने हो भने निकट भविष्यमा नै नेपालको पहिचान समाप्त हुने पक्का छ।
पहाडमा चर्च र तराइमा मदरसाको स्थिति भयावह छ । “लव जिहादको“ घटनाहरु नेपालमा सुनिन थालेको छ। नेपालमा बढिरहेको इसाई र मुस्लिम नेपालको लागि मात्र नभएर चीन र भारतको लागि झनै ठूलो खतरा हो । चीन र भारत दुवै देशहरुले नेपालबाट आफूलाई पहिले भन्दा धेरै असुरक्षित ठानिरहेका छन्।
संवैधानिक हिसाबले राज्यको मूल कानुनमा कहिले हिन्दू अधिराज्य लेखियो, कहिले लेखिएन तर शाशनको आधार धर्म र नैतिकतामा अवश्य चलेको थियो। मुश्लिम र ईसाईको आतंक नहुँदा हामीले हिन्दू लेखिरहन जरुरी थिएन, तर विधर्मीहरुको आक्रमण निरन्तर हुन थालिसकेपछि आफ्नो पहिचान र धर्म राज्य जोगाउने हेतुले हिन्दू अधिराज्य भनि संवैधानिक हिसाबले लेख्न जरुरी छ। यो आजको आवश्यकता हो । नेपालको वर्तमान राज्यसत्ताले अवलम्बन गरेको धर्मनिरपेक्ष विधर्मीहरुको प्रभावमा, देशको मौलिकता र धर्म संस्कृति मास्ने अभिप्राय बाट प्रेरित हो।
विश्वमा अधिकांश देशहरु कुनै न कुनै धर्मसापेक्ष छन्। अत्यन्त थोरै जनसंख्याले अवलम्बन गर्ने यहुदी धर्मको लागि एक देश छ, इजरायल। बौद्धहरुको लागि ६र७ ओटा देश छन्। मुस्लिमको लागि ५५ भन्दा धेरै देशहरु छन्। इसाईहरुका लागि ८० भन्दा धेरै छन्।
तर विश्वको कुल जनसंख्याको १५ प्रतिशत जनसंख्याले अवलम्बन गर्ने, तेस्रो ठूलो हिन्दू धर्मको लागि विश्वमा एउटा पनि देश छैन। यो विश्वभरी करिब १ अरब २० करोड जनसंख्या भएका हिन्दू धर्मलाम्वीहरुका लागि पीडाको विषय हो। नेपाल हिन्दू अधिराज्य हुँदा नेपाललाइ विश्वभरिका हिन्दूहरुले आस्थाको केन्द्रका रुपमा हेर्दथे।
नेपालका राजालाई विश्वहिन्दू सम्राटको रुपमा सम्मान गर्दथे। तर विडम्बना नै भन्नुपर्छ, बाइबललाई छोएर शपथ ग्रहण गर्ने देशहरुको सल्लाहमा नेपाललाई धर्मनिरपेक्ष बनाइयो। बाइबल बोकेर हिन्दू र बौद्धको धर्म संस्कृति मास्ने युरोपका देशहरु नेपाललाई धर्मनिरपेक्ष बनाउन लगानी गरे ।
वेद, वैदिक दर्शन र सिंगो हिन्दू सभ्यताको मुहानको रुपमा परिचित नेपाल स्वयम् धर्मनिरपेक्ष हुनु, हिन्दूहरुमाथिको ठूलो अपमान हो । इसाइकरणको लागि सहज बनाउन नै धर्मनिरपेक्षको एजेण्डा अगाडि सारिएको रहेछ भन्ने बुझ्न कठिन छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here