नेपाली कांग्रेसका नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव विपी कोइरालाको सम्झानामा बाँके कांग्रेसले विगत एक हप्ता देखि विभिन्न कार्यक्रम गर्दै आएको छ । यसरी विपीको चिन्तन विचारबाटै अगाडी बढेको कांग्रेसले पछिल्लो समय विपीको विचारलाई व्यवहारमा ल्याउन नसकेको भन्दै नेपाली कांग्रेसका नेता तथा बाँके जिल्ला डुडुवा गाउँपालिका प्रमुख नरेन्द्र कुमार चौधरीले नेपाली कांग्रेसका नेताहरुले विपीलाई कहिले सम्म चेकको रुपमा साट्ने भने प्रतिप्रश्न गरेका छन ।नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले विहिबार डुडुवाको नवनिर्मित भवन परिसरमा आयोजना गरेको बृहत वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता तथा पालिका प्रमुख चौधरीले सम्बोधनको क्रममा यस्तो बताएका हुन ।नेता चौधरीले विपी कोइरालाको चिन्तन तथा सोचलाई जनताको घरदैलोमा व्यवहारीक रुपमा पु¥याउनु पर्ने बताए । नेता चौधरीले भने,“राष्ट्र,समाज र देशका निम्ति खेतबाट माटो लिएर माटो अनुसार निति तथा कार्ययोजना बनाउनु पर्ने भनेर विपीको सिद्धान्तमा भएता पनि यसो हुन सकेको छैन ।” उनले अघि भने,“वृक्षा रोपण संगै समाजका अन्य विषय वस्तुमा समेत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको ध्यान जानु पर्ने हो,जस्तो वालविवाह ,समाजिक कु संस्कारका लगायतका विषयमा चासो लिनु नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको जिम्मेवारी हो ।” नेता चौधरीले विपीलाई कहिले सम्म चेकको रुपमा साट्ने भन्दै नेपालका हरेक परिवर्तन नेपाली कांगे्रसको नेतृत्वमा भएका हुदाँ जुन सुकै निर्वाचनमा पनि रुखलाई बुझेर नेपाली कांगे्रसका उम्मेदवारहरुलाई विजय गराउने पर्ने बताए । उनले अन्य राजनितिक दलहरुसंग नेपाली कांग्रेसको जस्तो योजना तथा कार्यक्रम नभएको हुदाँ नेपाली कांग्रेसका योजना तथा कार्यक्रमलाई स्थानिय गाउँघर सम्म पु¥याउनु पर्ने बताए ।नेता चौधरीले बाँकेको इतिहासलाई सम्झदै बाँके जिल्ला भनेको नेपाली कांग्रेसको इतिहास बोकेको जिल्ला हो यस जिल्लाले पार्टि सभापति तथा प्रधानमन्त्री पाईसकेको हुदाँ बाँकेमा नेपाली कांग्रेसले जनताकै लागि काम गर्नु पर्ने बताए ।नेता चौधरीले भने,“बाँकेको इतिहासमा नेपाली कांग्रेसको छुट्टै सम्बन्ध छ अतः विपिका विचार तथा सिद्धान्तलाई यहाँका गाउँका घर–घरमा पु¥याउनु पर्दछ ।” नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को आयोजनामा राखिएको बृहत वृक्षारोपण कार्यक्रममा डुडुवा गाउँपालिकाको नवनिर्मित भवनको परिसर वरिपरि करिब ५ सय विभिन्न जताका विरुवाहरु लगाइएको छ ।
