spot_img
Sunday, February 5, 2023
Homeब्यानरपोषण सम्वन्धी ५ दिने तालिम डुडुवामा शुरु

पोषण सम्वन्धी ५ दिने तालिम डुडुवामा शुरु

spot_img

बृहत पोषण विशेष कार्यक्रम सम्वन्धी ५ दिने तालिम बाँकेको डुडुवामा शुरु भएको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आयोजित तालिममा डुडुवाका सवै स्वास्थ्य चौकी अन्र्तगतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
तालिममा पोषण, सुत्केरीको खाना, गर्भवतीको स्याहार, कुपोषणबाट बच्ने उपाय, बालबालिकाको स्याहार, स्वास्थ्य सरसफाई, खानाको मात्रा लगायतका बारेमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, सह संयोजक विरेन्द्र घलेले सहजीकरण गरेका छन ।
डुडुवामा गत आर्थिक वर्ष २०७७।०७८ मा १५३ जना कुपोषित बालबालिकाहरु रहेका छन । त्यसमा २४ जना नयाँ जोखिम कुपोषित बालबालिका रहेका छन भने अति जोखिम नया ५ जना कुपोषित बालबालिका रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
गत आर्थिक २०७८।०७९ मा १५० जना कुपोषित बालबालिका मध्ये १६ जना नयाँ र ४ जना अति जोखिम कुपोषित बालबालिका रहेको स्वास्थ्य शाखाका सिताराम चौधरीले बताउनु भयो । यो तालिम दुई चरणमा गरिनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here