नेपाल–भारत खुला सिमाका कारणले स्थानिय नेपालगंज र रुपैडिया लगायतका खुला सिमाका क्षेत्रका बासिन्दाहरुले भोग्नु परेको समस्यलाई लिएर विहिबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल–भारत खुला सीमा सम्वाद समुह नेपालगंज बाँकेका अध्यष विनय गुप्ता तथा केन्द्रिय अध्यक्ष राजीव झाको उपस्थितिमा नेपालगंजमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राई, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अशोक कोईराला, समाजसेवी दिवाकर खनाल, फुलाराम थारु, नेपालगञ्ज उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, जडिबुटी व्यवसायी संघकका अध्यक्ष टंकप्रसाद शर्मा, पत्रकार मधु पौडेल, आशिष् गुप्ता, वरिष्ठ डाक्टर विनोद कर्ण, डाक्टर पंकज गुप्ता, समाजसेवी ललित रौनियार, विनोद अग्रहरीका साथै नेपाल र भारतका वरिष्ठ पत्रकार, बुद्धिजीवी, व्यपारी, राजनीतिककर्मी, विधार्थी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भारतबाट नेपालगञ्ज आउने र नेपालगञ्जबाट रुपैडिहा जाने आम नागरिकहरुले भोग्नु परेको समस्या र त्यसको समाधानका बारेमा भारतका तर्फबाट हिन्दुस्तान टाईम्सका वरिष्ठ पत्रकार मनिराम शर्मा, एस।के।मदेशिया, रहीस अहमद, इर्साद हुसैन, रुद्रप्रसाद मिश्र, सञ्जय वर्मा, रामजी सोनी तथा नेपालका तर्फबाट उपमेयर कमरुद्दीन राई, अशोक कोईराला, समाजसेवी दिवाकर खनाल, डाक्टर विनोद कर्ण, विनोद मैनाली, ललित रौनियार, विनोद अग्रहरी, सरोजकुमार तामाङ, मोहम्मद आरिफ अन्सारी लगायतले समस्या र त्यसको समाधानको बारेमा चर्चा परिचर्चा गरेका थिए ।
आजै नेपालगञ्ज र रुपैडिहाका तर्फबाट सात÷ सात जना सदस्य रहने गरि नेपाल–भारत खुला सीमा सम्वाद समूह समन्वय समिति गठन गरिएको छ । समितिमा नेपालका तर्फबाट नन्दलाल वैश्य, ललित रौनियार, मोहम्मद आरिफ अन्सारी, आशिष गुप्ता, आशिष आनन्द कर्माचार्य, मेराज अहमद हिमालय, सरोज कुमार तामाङ तथा भारतकातर्फबाट मनिराम शर्मा, शेरसिंह कसौधन, सञ्जयकुमार वर्मा, ईरसाद हुसैन, रईस अहमद, महबुब अहमद, रामजी सोनी रहेका छन ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00