नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौं को आयोजनमा जिल्ला युवा क्लब संजाल बाँकेको समन्वयमा क्ष्ँभ्क् को सहयोगमा बाँकेमा संचालित परियोजना अन्र्तगत खजुरा गा.पा वडा नं. १ सैनिक,ज्ञानेदय क्याम्पस खजुरा,जानकी गा.पा वडा ३र५,जय जनता मा.वि नँया बस्ती र मनिकापुर,नरैनापुर गा.पा को २ र ५ नं. वडाहरुमा स्थानिय मतदाताहरुका लागि नमूना मतदाना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्थिानीय तहको निर्वाचन प्रक्रिया,स्थानीय तह निर्वाचनको आवश्यकता,भोट गर्ने तरिका,मत बदर हुने अवस्था,मतदाताको अधिकार र दायित्व,मतदान प्रक्रिया,बारेमा जानकारी गराई नमूना मतदान गरिको थियो ।
कार्यक्रमको सहजिकरण युवा अभियन्ता सुरज गुरुङ्ग,रहिमत जँहा खान,स्वेता गुरुङ्ग,राजेन्द्र बिष्ट,अंजना चतुर्वेदी,मेघ ब.खत्री,रुपेश बर्मा,गोविन्द यादव,दुर्गेश यादव,अनिल बर्मा, सिराज दर्जि,मकबुल अहमद मुकेरी,बाल कुमारी रोकाय,सिराज शेष लगायता युवाहरुले ले नमूना मतदान कार्यक्रम संचालन गरेका थियो । ९ वटा स्थानमा संचालन भएको कार्यक्रमा ७२० जना मतदाताहरुको सहभागिता रहेको थियो। मतदान कार्यक्रम ले मतबदर हुनेमा कमी हुने छ मनिकापुरका स्थानिय मतदाताहरु ले बताएक छन्।पछिल्लो स्थानिय निर्वाचन २०७४मा नेपालगंज उपमहानगरपालिका वडा नं. २० मनिकापुरमा सबै भन्दा बढी मतबदर भएको स्थानिय युवा मेघ ब.खत्री ले बताएक छन् । कार्यक्रम बारे जानकारी नेपाल युवा संस्था संजाल आयोन बाँकेका फोकल प्रसन राजन बर्मा दिएका छन।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00