spot_img
Wednesday, March 29, 2023
Homeब्यानरनेपालको संविधान २०७२ (अवधी अनुवाद) नेपालगञ्जमा विमोचन

नेपालको संविधान २०७२ (अवधी अनुवाद) नेपालगञ्जमा विमोचन

spot_img

नेपालको संविधान २०७२ अवधी अनुवाद मंगलबार आयोजित एक कार्यक्रम बीच नेपालगञ्जमा विमोचन गरिएको छ ।
बाँकेको डुडुवा गाँउपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, बाँकेले नेपालको संविधान २०७२ अवधी अनुवाद गरेको छ जसको विमोचन डुडुवा गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गरेका छन । अवधी भाषीलाई संविधान प्रति थप सरल बनाउने उदेश्यका साथ अवधी भाषामा अनुवाद गरिएको छ । अवधी भाषीले अब आफ्नै भाषामा संविधान पढ्न पाउने भएका छन । अनुकुल वातावरण र थप सहयोग पाईएमा मुलुकी ऐनलाई समेत अवधी भाषामा लेखिने शिव प्रसाद पाठकले जानकारी दिए । नेपालको संविधान २०७२ लाई पाठकले अवधी भाषामा अनुवाद गरेका हुन ।सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, बाँकेका अध्यक्ष विश्वजित तिवारीको सभापतित्वमा भएको विमोचन कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका प्रमुख झंकर रावल, नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रक्रषि चौलागाई, लुम्बिनी प्रदेशका सदस्य आरिफ अन्सारी, केन्द्रका उपाध्यक्ष कृष्ण मुरारी प्रसाद भट्ट लगायतको उपस्तिथिमा अनुवाद वाचन गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here