spot_img
Wednesday, February 1, 2023
Homeब्यानरनेपालगंज कोहलपुर सडकखण्डको सडक विस्तार विवादमा बाँके चेम्बरको चासो

नेपालगंज कोहलपुर सडकखण्डको सडक विस्तार विवादमा बाँके चेम्बरको चासो

spot_img

पछिल्लो समय एकाएक विवादमा आएको नेपालगंज सुर्खेत सडकखण्ड विस्तारको विषयमा बाँके चेम्बर अफ कर्मसले चासो दिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय ,बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझादै उक्त विषयमा चासो लिएको हो ।जिल्ला प्रशासन कार्यालय बाँकेको ०७८ चैत्र ९ गते सर्वदलिय बैठकको निर्णयले नेपालगंज कोहलपुर सडक खण्ड अन्तर्गतका विभिन्न स्थानहरुमा सडक अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु हटाउने भनी गरेको निर्णयमा एकाएक संरचना भत्काउन थाले पछि विवाद उृत्पन्न भएको थियो । कोभिड संक्रमणले बजार,व्यवसाय धराशायी भएको अवस्थामा सडक विभागले नेपालगञ्ज कोहलपुर सडकखण्ड अन्तर्गत विभिन्न स्थानहरुमा निर्माण गरिएका संरचनाहरु हटाउने प्रक्रिया थालनी गर्दा पुर्ववत तयारी र आवश्यक प्रक्रिया नअपाइनुले विषम परिस्थिती उत्पन्न भइरहेको ठकर गदै बाँके चेम्बर अफ कर्मस ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।यसैगरी सडक विभागले सम्बन्धित क्षेत्रलाई समयसिमाअवधी सहितको सुचना दिनु पर्ने आदि सर्वमान्य सिद्धान्त विपरित गरिएको बल(डोजर) प्रयोगको विरोध गर्दै सडक विस्तारका लागि घरधनीलाई कम्तीमा दुई महिनाको समय सीमा अवधी थप गरेर सहज बातावरण सिर्जना गरिदिन माग बाँके चेम्बर अफ कर्मसले गरेको छ ।बाँके चेम्बर अफ कर्मसका अध्यक्ष सतीश कुमार अग्रवालद्धारा हस्तक्षर गरीएको ध्यानाकर्षण पत्रमा स्थानिय सरकार ,घरधनी,उद्योगी व्यवसायी,नागरीक समाज लगायतका सरोकारवाला पक्षहरुसँग पनि आवश्यक समन्वय,परामर्श र सहकार्यका लागि अनुरोध समेत गरेको छ । ध्यानाकर्षण पत्र बुझ्दै बाँके जिल्ला प्रशासन प्रमुख सुर्य बहादुर खत्रीले पत्रमा उल्लेख भएको विषयलाई मध्ये नजर राख्दै अगाडिका कदमहरु चालिने बताए ।ध्यानाकर्षण बुझाउने क्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी,नेपालगंज उपमहानगरपालिका उपमेयर उमाथापा मगर लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here