spot_img
Saturday, June 3, 2023
Homeब्यानरईस्लामी संघ नेपाल लुम्बिनी प्रदेशले महिला अधिकार अभियान संचालन गर्दै

ईस्लामी संघ नेपाल लुम्बिनी प्रदेशले महिला अधिकार अभियान संचालन गर्दै

spot_img

ईस्लामी संघ नेपाल लुम्बिनी प्रदेशले देश व्यापी महिला अधिकार अभियान संचालन गर्ने भएको छ । आजबाट संचालन हुन लागेको अभियान फागुन २६ गते सम्म रहने छ । अभियान कार्यक्रममा व्यक्तिगत भेटघाट,कर्नर मीटिंङ,जुमाको खुत्बा(शुक्रबार उपदेश),जिल्लाका विभिन्न चोकहरुमा सार्वजानिक उपदेश,स्कुल,मदरसा र कलेजहरुमा वक्तव्य कार्यक्रम ,विद्यार्थीहरुलाई जुलसु,उलेमा तथा इमामहरुसँग छलफल,पालिकाहरुको अगुवाहरुसंग् वैठक,अखबारमा लेखहरु,फोल्डरहरुको वितरण,सोसल मिडियामा सन्देशहरु प्रसारण,स्थानीय महिला कार्यक्रमहरु मार्फत जागरुकता,मानार्थ प्रमाण(पत्र मार्फत उत्कृष्ट सेवाप्रदान गर्ने महिलाहरुलाई सम्मान,अभियानमा सहयोग गर्न संघ संस्था,मदरसा र मस्जिदका इमामहरुलाई विशेष अपिल गर्ने लगायतका कार्यक्रमहरु गर्ने इस्लामी संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष ओबैर्दुरहमान खानले जानकारी दिए । यसैगरी राष्टव्यापी अभियानको फलस्वरुप एकातिर मुस्लिम समाजमा महिला अधिकार र दायित्वको सम्बन्धमा चेतना र परिवर्तन आउनेछ भने अर्कोतिर इस्लाम धर्म प्रति देशबासीको धारणामा सकारात्मक परिवर्तन आउने विश्वास रहेको इस्लामी संघ नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता बद्रेआलम खाँले जानकारी गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here