spot_img
Sunday, February 5, 2023
Homeब्यानरसानीभेरी नदीमा चल्न थाल्यो ‘¥याफ्टिङ’

सानीभेरी नदीमा चल्न थाल्यो ‘¥याफ्टिङ’

spot_img

रुकुमपूर्वस्थित सानीभेरी नदीमा ¥याफ्टिङ गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश, पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएकोे छ ।

मन्त्रालयका प्राविधिक विवेक शाहले भने, ‘सानीभेरी नदीमा जलयात्रा गर्न सकिने छ । यसका लागि परीक्षण गर्दा सफल भयो। यस वर्ष प्रदेशका विभिन्न नदीमा गरेका परीक्षणलाई केलाउँदा यो नै उत्कृष्ट परीक्षण हो ।’

टोलीले भुमे गाउँपालिका–५ को सौरीखोलाबाट बालुवा, सिस्ने–६ को धाउने र ७ को नाथिगाड हुँदै सिस्नेरीसम्म ¥याफ्टिङ परीक्षण गरेको थियो । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, गाउँपालिकाका इञ्जिनियर कर्ण केसी, प्रशासन प्रमुख अरुणकुमार ओली, होटल तथा पर्यटन व्यवसायी सुनिल रोका लगायत परीक्षण जलयात्रामा सहभागी थिए ।

सो अवसरमा गाउँपालिकामा अध्यक्ष बरालले सिस्नेको थप विकासका लागि पर्यटनलाई ध्यान दिन जरुरी रहेको बताए । सानीभेरी नदीको करिब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गरिएकोे थियो । यसअघि रोल्पाको माडीखोला, प्यूठानको माण्डबी नदी र दाङको राप्ती नदीमा जलयात्रा को परीक्षण गरिएको थियो ।

अहिलेसम्म गरिएका परीक्षणलाई हेर्दा पानीको सतह, बहने गति र भूगोलका दृष्टिकोणले सानीभेरी ¥याफ्टिङको राम्रो सम्भावना बोकेको नदी भेटिएको प्राविधिकहरूले निष्कर्ष निकालेका छन् ।

अब दाङको बबई र पाल्पाको कालीगण्डीमा परीक्षण गर्न बाँकी छ । सानीभेरी नदीको तिरमै तातोपानीको मुहान भएकाले पनि जलयात्राका लागि यस नदी उत्कृष्ट हुने जनाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here