spot_img
Wednesday, February 1, 2023
Homeब्यानरसवारी दुर्घटनामा ३ जनाको मृत्य

सवारी दुर्घटनामा ३ जनाको मृत्य

spot_img


दैलेख-महाबु गाउँपालिका-४ फागुस्थित सडकमा बागमती प्रदेश ०१-०२६ च ५२६६ नम्बरको जिप अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-५ बस्ने ४० वर्षीय राम बहादुर हमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिपका चालक समेत ६ जनालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाइएको छ यसैगरी उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-७ हाडेवास, चिउरी वासस्थित सडकमा स.१ क १९० नम्बरको टिपर अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा टिपरमा सवार सोही गाउँपालिका-७ बस्ने १९ वर्षीय उज्ज्वल खपाङ्गीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी सिरहा जिल्ला सिरहा नगरपालिका-११ पदमपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले प्र.२-०१-००१ प ६०३५ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका-९ डुमरी बस्ने ३४ वर्षीय लालु यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here