पछिल्लो समय नेपाली कांग्रेस स्थानिय तहका वडा स्तरमा सक्रिय हुदै गएको पाइन्छ । नेपाल सरकारले तीनै तहको निर्वाचनको घोषणा गरे सगै बाँके राप्ति सोनारी गाउँपालिका वडा नं.२ मा नेपाली कांग्रेस वडा स्तरमा सक्रिय भएको हो ।गाउँपालिका वडा नं.२ मा नेपाली कांग्रेस वडा स्तरले विभिन्न निर्वाचन लक्षित कार्यक्रमहरु गर्दै आएको नेपाली कांगे्रस वडा नं.२ का वडा सभापति नन्दलाल बस्नेतले जानकारी दिएका छन । सभापति वस्नेतकाले भने,“अहिले नेपाली कांगे्रसलाई पहिलो पार्टी बनाउने हो,त्यसैले वडामा पार्टिलाई मजबुद बनाउनु पर्दछ ।”यसैगरी साविकका अगैया,गोवारपुर,माछेबास,खोरीयाको टोल कार्यसमितिको भेलालाई सम्बोधन गर्दै नेपाली कांगे्रस राप्ती सोनारीका सभापति भिम बहादुर राना नेपाली कांगे्रस सबै स्तरका जनताको पार्टि भएको हुदाँ सबैले पार्टिलाई सहयोग गर्नु पर्ने बताए । सभापति रानाले राप्ती सोनारीमा नेपाली कांगे्रसले जनताको काम गर्दै आएको भएता पनि यसको बारेमा स्थानिय स्तरका जनताहरुलाई बुझाउन नसकेकोमा दुख व्यक्त गरेको थिए । यसैगरी कार्यक्रममा प्रदेश सदस्य सविना वली,क्षेत्रिय प्रतिनिधि तुलाराम खत्री,क्षेत्र नं.१ का पुर्व क्षेत्रिय सचिव डिल्ली गिरी लगायतको उपस्थिति रहेको वडा सचिव खड्क खत्रीले बताए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00