spot_img
Wednesday, February 1, 2023
Homeब्यानरलागूऔषध सहित पक्राउ तथा बरामद

लागूऔषध सहित पक्राउ तथा बरामद

spot_img

कास्की -पोखरा महानगरपालिका-२७ बगदी खोला भन्ने स्थानबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल फेनरागन, ४७ एम्पुल नुफिन र ४७ एम्पुल डाईजोपाम सहित सोही महानगरपालिका-१७ कुमाल गाउँ बस्ने २७ वर्षीय सरोज कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यसैगरी महोत्तरी जिल्ला जलेश्वर नगरपालिका-८ फुलहट्टा बस्ने राधेश्याम सिंहको जग्गामा रहेको परालको कुनिउमा लुकाई राखेको करिब ४१ केजी अवैध लागूऔषध गाँजा प्रहरीले मंगलबार राति बरामद गरेको छ । उक्त स्थानमा लागूऔषध लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले कुनिउभित्र ५ वटा बोरामा प्लाष्टिकको झोलाले प्याक गरेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here