बाँके जिल्ला महेन्द्र बहुमुखी क्याम्पसले हिउँदे विदा पौष २५ गते देखि माघको ९ गते सम्म दिने भएको छ । विगतमा केही दिन अझै लामो विदा दिदै आएकोमा यस पटक कोभिड लगायतले शिक्षामा निकै प्रभाव पारेको भन्दै अहिले विद्यार्थीहरुको पढ्ने समय भएको हुदाँ विदामा कटौती गरीएको शिक्षा संकायका सहायक क्याम्पस प्रमुख डा. इन्द्र बहादुर भन्डारीले बताएका छन । प्रमुख डा.भन्डारीले विदाको बारेमा जानकारी दिदै भने,“यस पटक हिउदे विदाको दिन केही कम भएको छ, विद्यार्थीहरुले कोभिडका कारण पढ्न पाएन,अहिले पढाई पिकमा छ अतः विदा छोट्टाईको हो ।” हिउँदे विदाको बारेमा जानकारी गराउँदै पुर्व सहायक प्रमुख अर्जुन प्रसाद पोख्रेलले विद्यार्थीहरुको पठनपठानमा कोभिडले पारेको विकराल प्रभावका कारण कतिपय क्याम्पसमा अधिकांश कोर्र्सहरु पुरा नभएको हुदाँ हिउँदे विदाका सम्वन्धमा सम्वन्धित क्याम्पसहरुमा पठनपठानलाई सुचारु गर्ने उदेश्यले क्याँम्पसहरुमा न्युनतम विदा अवधीलाई आवश्यकताका आधारमा विदा गर्न त्रिभुवन विश्व विद्यालयले निर्देशन गरेको जानकारी गराए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00