spot_img
Wednesday, February 1, 2023
Homeब्यानरराप्ती सोनारी–३ द्धारा न्यानो कपडा र साइकल वितरण

राप्ती सोनारी–३ द्धारा न्यानो कपडा र साइकल वितरण

spot_img


बाँके जिल्ला राप्ती सोनारी गाँउपालिका वडा नं.३ ले लक्षित समुह जेष्ठ नागरीकलाई न्यानो कपडा तथा महिला स्वयं सेविकालाई साईकल वितरण कार्यक्रम गरेको छ । विहिबार स्थानिय वडा कार्यालयमा वडाध्यक्ष गंगाराम थारुको अध्यक्षतामा सो कार्यक्रम गरिएको हो । ७० जेष्ठ नागरीकहरुलाई न्यानो कपडा स्वरुप पुरुषलाई ट्यक्सुट र टोपी तथा महिलालाई स्विटर टोपी वितरण गरीएको थियो भने ११ जना महिला स्वयं सेविकाहरुलाई साइकल वितरण गरीएको थियो । न्यानो कपडा प्राप्त गरे पछि स्थानिय लहानु थारुले खुशी हुदै वडाले राम्रो काम गरेको प्रतिक्रिया दिएका छन । उनले भने,“राम्रो लागेको छ ,चिसो बढ्दै गएको छ ,न्यानो कपडा पाइयो,”यसैगरी साइकल प्राप्त गरेपछि अवका दिन सहज हुने महिला स्वयं सेविकाहरुले बताए । महिला स्वयं सेविका माया थारुले गाउँको साधन भनेको साइकल भएको हुदाँ अबका दिन सहज हुने बताईन । उनले भनिन,“खुशी लागेको छ ,साइकल भएपछि अव गाउँ डुल्न सुविधा हुनेछ,” । यस प्रकारको कार्यक्रम वर्षेनि गर्दै आएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष थारुले जाडो महिनामा न्यानो कपडा दिनुमा पुर्खाहरुको सम्मान भएको बताए । उनले भने,“पछिल्लो समय सन्तानको मायाबाट जेष्ठ नागरीकहरु बञ्चित भैरहेको अवस्थामा न्यानो कपडा वितरणले एउटा सम्मानको परम्परा कायम हुनेछ ,” ।“महिला स्वम सेविकाहरुलाई साइकलबाट सहज हुने हुदाँ साइकल प्रदान गरीएको हो ।”अध्यक्ष थारुले थपे । स्वयं सेविकाहरु वडाका हरेक कार्यक्रममा घरदैलो गर्नु पर्ने हुदाँ साइकलले सहजता ल्याउने वडा सचिव बुद्धिराज भण्डारी बताउँछन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here