spot_img
Wednesday, February 1, 2023
Homeब्यानरनेपालगन्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड ब्राउन सुगरसहित पक्राउ

नेपालगन्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड ब्राउन सुगरसहित पक्राउ

spot_img

बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपालगंज शहरको सुर्खेत रोड वीपीचोक नजिकै रहेको जिल्ला शिक्षा इकाई अगाडिबाट सुरक्षा गार्ड कृष्ण जिसी बुधबार विहान पक्राउ परेका हुन् ।

जिसीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको् छ । भुतपुर्व आर्मी जिसी राती उपमहानगरपालिकामा डिउटी गरेर त्यही सुतेका थिए । उपमहानगरपालिकाको क्वटरबाट निस्केका जिसी केहीबेरपछि ब्राउनसुगरसहित पक्राउ परेका थिए ।

जिसीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लागु औषधी ब्राउनसुगर कारोबारमा नेपालगन्ज यस क्षेत्रकै प्रमुख शहरको रुपमा गनिने गरेको छ । खुला सिमानाका भएको हुदाँ बाँकेमा लागुपदार्थको बजारीकरणमा सहज भएको देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here