spot_img
Sunday, February 5, 2023
Homeखेलकुदयुवा उत्पेरित कार्यक्रमहरु ल्याउनु पर्छः युवा तथा खेलकुद मन्त्री अथक

युवा उत्पेरित कार्यक्रमहरु ल्याउनु पर्छः युवा तथा खेलकुद मन्त्री अथक

spot_img

बाँकेको कोहलपुरमा लुम्बिनी र सुदुरपश्चिम प्रदेशस्तरीय राष्ट्रिय युवा परिषदका युवाहरुलाई दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मंगलबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सो कार्यक्रमको उद्घाटन गरेका छन ।

‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नाराका साथ युवाहरुलाई दुई दिने अभिमुखीकरण भएको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले युवाहरुलाई उत्प्रेरणमुलक कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुपर्ने बताए ।

सबै मन्त्रालयहरुका युवा लक्षित टुक्रे बजेटलाई एकै ठाँउमा केन्द्रिकृत गरेपछि मात्र परिमाणमुखी काम देखिने बताउँदै अथकले अहिलेको बजेट संरचनाले युवाहरुमा निराशा बढाएको उल्लेख गरे ।

यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले युवा मन्त्रालयसँग सम्बन्धित विभिन्न निति, नियम, कार्यविधि र ऐनहरु निर्माण भएर कार्यान्वयनको प्रक्रियामा रहेको र सोही अनुसार स्थानीय तहसम्म पुर्याउनका लागि काम थालनी गरेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here