बाँके जिल्ला नेपालगंज स्थित जमुनाहा रुपैडिया सिमानाकाबाट ब्राउन सुगर सहित एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।मंगलबार दिउँसो १ः१०मा नेपालगंज उपमहानगरपालिका–१५ जमुनाबाट १५ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले प्रहरीको शंकाको घेरामा रहेका काभ्रेपलानचोक महादेव स्थान गा.बि.स.वार्ड नं.३ बस्न ३४ वर्षिय मान बहादुर रोकालाई चेकजाँच गर्दा रोकाको साथबाट ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।उक्त पदार्थ बरामद गरि रोकालाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस
00