नेपाल सरकार गृह मन्त्रालयले आधिकारिक परिचय पत्र नभएका व्यक्तिहरुलाई घर भाडा नदिन अनुरोध गरेको छ । परिचय खुल्ने आधिकारिक परिचय पत्र नभएका कुनै पनि व्यक्तिहरुलाई घर भाडामा नदिन गृह मन्त्रालयले आफ्नो मताहातका निकायमा पत्रचार गरेको छ ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशी नागरिकहरुको परिचयपत्र लुकाएर अनाधिकृत रुपमा नेपालमा बसोबास गरिरहेकोले परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरुलाई घर भाडामा नदिन अनुरोध गरेको हो ।“पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनाधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको छ”,मन्त्रालयले भनेको छ,“पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरुलाई घर,अपार्टमेन्ट,फ्ल्याट ,कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ ।साथै,पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।”सोमबार काठमाडौंको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले पक्राउ गरेका बुझिएको छ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस
00