spot_img
Friday, September 29, 2023
Homeब्यानरमानवअधिकारका बारेमा प्रशिक्षण

मानवअधिकारका बारेमा प्रशिक्षण

spot_img

मानव अधिकार प्रतिबेदन निमार्ण संयन्त्रमा नागरीक समाज संस्थाको भुमिकाबारेमा बाँके र बर्दिया जिल्लाका नागरीक समाज संस्थाका प्रतिनिधिहरुलाई दुई दिने तालिम दिइएको छ । पारपरिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आयोजित तालिममा मानव अधिकारसंग सम्बन्धित विषयबस्तुहरुका बारेमा प्रशिक्षण दिइएको हो । तालिममा मानव अधिकार, मानव अधिकार राष्टिय कार्ययोजना निमार्ण, नागरिक समाजको भुमिका, मानव अधिकारमा तथ्यांकको प्रक्रिया र महत्व, मानव अधिकार अन्र्तराष्टिय तथा राष्टिय महासन्धी, विश्वव्यापी आवधिक प्रतिबेदन मानव अधिकार संरक्षणका राष्टिय संयन्त्र, मानवअधिकार सुरक्षा, अनुगमन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । तालिमको प्रशिक्षकमा अधिबक्ता विश्वजित तिवारी र अधिकारकर्मी प्रकाश उपाध्याय रहनु भएको आयोजक संस्थाले जानकारी दिएको छ ।
तालिममा बाँके र बर्दियाका नागरिक समाज संस्थाका यौनिक तथा लैगिंक अल्पसंख्यक, फरक क्षमता भएका, दलित, मधेशी तथा मुस्लिम, महिला, युवा, मानवअधिकार संरक्षण समिति बढैयातालका पदाधिकारीसहित प्रमुख तथा प्रतिनिधी गरि २३ जनाको सहभागिता रहेका संस्थाका कार्यक्रम संयोजक टेकनाथ आचार्यले बताउनुभयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here