spot_img
Sunday, September 15, 2024
Homeकला/साहित्यविद्यार्थीको तीज कार्यक्रम

विद्यार्थीको तीज कार्यक्रम

spot_img

महेन्द्र बहुमुखी नेपालगंज राजनीति शास्त्र विभाग अन्तरगत तेस्रो सत्रका विद्यार्धीहरुले तीज कार्यक्रम सम्पन्न गरेका छन । बुधबार राजनीति शास्त्रका तेस्रो सत्रकी छात्रा अम्बिका काफ्लेको सभातित्वमा सम्पन्न भएको हो । राजनीति शास्त्र विभागका विभागिक प्रमुख प्राध्यापक रुद्र प्रसाद तिमिल्सेनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अतिथिमा प्राध्यापक अर्जुन प्रसाद पोखरेल,शिक्षक एवं संचारकर्मी मधु पौडेल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य तेस्रो सत्रका छात्र लाल विर खड्काले राखेको थिए । स्वागत मन्तव्यमा बोल्दै छात्र खड्काले राजनीतिशास्त्र विभागका यस्ता कार्यक्रमले विद्यार्थीहरु बीच तथा गुरु विचमा आत्मियता तथा मित्रता बढाउन सहयोग गर्ने बताए ।
यसैगरी प्रमुख अतिथिका रुपमा रहेका राजनीतिशास्त्र विभागका विभागीय प्रमुख प्राध्यापक रुद्र प्रसाद तिमिल्सेनाले तीज सास्कृति महान पर्व भएको हुदाँ पछिल्लो समय आएर यसमा निकै परिर्वतन भएको बताए । प्रमुख तिमिल्सेनाले तीज पर्वको महत्वका विषयमा बताउँदै विगतमा संचारको अभाव हुदाँ महिला दिदि बैनीहरुका समस्या तथा पिडाहरु बुझाउन गितका मार्फतबाट खुसी छन छैनन भन्ने सन्देश दिने काम भएको भने ।
यस्तै राजनीतिकशास्त्र विभागका प्राध्यापक अर्जुन प्रसाद पोखरेल राजनितिशास्त्रले राजनिति संस्कार सिक्न सहयोग गर्ने बताए । यस्तै प्राध्यापक पोखरेलले दुखलाई धक फुकाएर बाड्ने पर्व तीज भएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै शिक्षक एवं संचारकर्मी मधु पौडेलले राजनीतिशास्त्रको बारेमा सबैले जानकारी तथा ज्ञान लिनु पर्ने बताए ।यस्तै पौडेलले तिज पर्वलाई उत्साहको पर्वको रुपमा लिन समेत सबैमा आग्रह गरेका थिए ।
यस्तै कार्यक्रम सभापति एवं तेस्रो सत्रकी छात्र अम्बिका काफ्ले तीज पर्व विद्रोह,निरास एवं वेदनाको प्रतिकको रुपमा तीज मनाउँदै आएको भएता पनि अहिले आएर केही परिर्वतन भएको आभास भएको बताईन ।
लुम्बिनी प्रदेश सांसद समेत रहेकी काफ्लेले तीज पर्व विकृति मात्रै नभएर सास्कृतीको जगेर्ना समेत गरेको बताईन ।यस्तै शुभकामना व्यक्ति गर्दै तेस्रो सत्रका छात्र प्रेम बजगाइले राजनीति फोहर खेल भन्दा पनि यसलाई बुझ्न सक्नु पर्ने बताए ।
यस्तै गरी तेस्रो सत्रमा अध्यायनरत सुमना श्रेष्ठ गिरीले राजनीति संस्कारका लागि समेत राजनिति शास्त्र पढ्नु पर्ने बताइ भने अर्का छात्रा सृजना थपलियाले तीजमा आधुनिकता बढ्दै गएको अवस्थामा यसलाई सकारात्मक व्यवस्थापन गर्न जरुरी रहेको बताईन । राजनीतिशास्त्र तेस्रो सत्रका विद्यार्थी के.पी घिमिरद्धारा संहजीकरण गरेको कार्यक्रममा दर तथा तीज नृत्य कार्यक्रम समेत गरीएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here