spot_img
Saturday, September 21, 2024
Homeब्यानरप्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिलाई स्वागत

प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिलाई स्वागत

spot_img

अमन अन्सारी,
जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भई आएका प्रहरी नायब उपरीक्षक ९डिएसपी० रामप्रसाद घर्तिलाई सोमबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोशीको अध्यक्षतामा केन्द्रको भवनमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा अध्यक्ष जोशी लगायत केन्द्रका पदाधिकारी तथा सदस्यहरूले प्रहरी नायब उपरीक्षक ९डिएसपी० रामप्रसाद घर्तिलाई खादा तथा पुष्पगुच्छाले स्वागत गरेका हुन ।
कार्यक्रमका अध्यक्ष दिपेन्द्रकुमार जोशीले जिल्लाको शान्ति सुरक्षाका साथै भयावह अवस्थामा रहेको लागु औषधको कारोबारी, सेवनकर्ताहरूको स्थानका बारेमा जानकारी दिनुका साथै भयावह अवस्थामा रहेको लागु औषधका समस्यालाई समाधानतर्फ लैजानलाई सुझाव दिएका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बाँके जिल्लाको नेपालगञ्ज अति सम्वेदनशील शहर भएकोले लागु औषध, चेलीबेटी बेचबिखनका साथै शहरमा अमन चयनतर्फ ध्यानदिन आग्रह गरेका छन ।
कार्यक्रममा उठेको सवालहरुलाई सम्बोधन गर्दै, डिएसपी घर्तिले जिल्लाको शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न, जिल्लाको अपराधको उकालो लाग्दो क्रमलाई घटाउनेतर्फ विशेष ध्यान दिनुका साथै लागु औषधको समस्यालाई उच्च प्राथमिकतामा राखिने कुरा बताए । यस्तो कार्यमा नेपाल प्रहरी जत्तिकै आम नागरिक र विभिन्न संघ संस्थाको उत्तिकै महत्व, कर्तव्य र जिम्मेवारी रहेकोले सबैले आ-आफ्नो तर्फबाट नेपाल प्रहरीलाई सघाउन तथा सल्लाह सुरझाव दिई सहयोग गर्नहुन आग्रह समेत गरे ।
सोही कार्यक्रममा केन्द्रका आजीवन सदस्य टेकबहादुर पुन हालै नेपाल वन पैदावार उद्योग व्यवसायी संघका अध्यक्षमा निर्वाचित हुनुभएकोमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोशी लगायत पदाधिकारीहरूले खादा तथा अबिरले स्वागत सम्मान गरेका थिए ।


कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका संस्थापक सदस्य गंगाबहादुर अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका कार्यसमिति पदाधिकारी, आजीवन सदस्य, कर्मचारीहरु, नेपाल वन पैदावार उद्योग व्यवसायी संघका अध्यक्ष तथा ‘बी ग्रुप’का अध्यक्ष टेकबहादुर पुन, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यसमिति सदस्य मोहम्मद आरिफ अन्सारी, नेपाल पत्रकार महासंघ, बाँके शाखा उपाध्यक्ष करुणा शाह, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघका सदस्य बिन्दु चर्तिमगर, शक्ति समूहका अध्यक्ष निर्मला पौडेल, चेन्ज टीमका संयोजक इन्द्रा ज.सी., साना हाथका पदाधिकारी, लियो क्लब अफ नेपालगञ्जका पदाधिकारी, विभिन्न सरकारी तथा गैरसरककारी संघ संस्थाको प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सञ्जय थापा तथा कार्यक्रम कार्यसमिति सदस्य सरवर प्रसाईंले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here