spot_img
Thursday, September 19, 2024
Homeबजारदैनिक ५ करोडको बिजुली भारत जाँदै, बिक्रीदर युनिटको १९ रुपैयाँसम्म

दैनिक ५ करोडको बिजुली भारत जाँदै, बिक्रीदर युनिटको १९ रुपैयाँसम्म

spot_img

वर्षायाम लागेसँगै नेपालबाट दैनिक ५ करोडससम्मको बिजुली भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो ।
सोमबार नेपालले भारतमा ४२ लाख २७ हजार १०० युनिट निर्यात गर्ने भएको छ । प्राधिकरणले भोलि १७६ मेगावाटसम्म बिजुली निर्यात गर्नेछ ।
कालीगण्डकी ए जलविद्युत आयोजनाबाट दिनमा १३८/८३ मेगावाट, देवीघाट जलविद्ययुत केन्द्रबाट १४/३१ मेगावाट, त्रिशुली जलविद्युत आयोजनाबाट २३/४ मेगावाट बिजुली निर्यात हुनेछ ।
सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात् १९/२ रुपैयाँसम्म मूल्य पाएको प्राधिकरणले जनाएको छ । न्युनतम् ४/७८ पैसामा पनि बिजुली निर्यात हुनेछ । औसतमा प्रतियुनिट १२/८४ नेपाली रुपैयाँमा निर्यात भइरहेको प्राधिकरणलो जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here