spot_img
Monday, January 13, 2025
Homeब्यानरबाँँकेको जानकी गाउँपालिका–३ मा विकास निर्माण काम धमाधम हुदै

बाँँकेको जानकी गाउँपालिका–३ मा विकास निर्माण काम धमाधम हुदै

spot_img


बाँकेको जानकी गाँउपालिका वडा नम्बर ३ मा बिकास पुर्वाधारका काम धमाधम भएका छन । वडामा भौतिक संरचना, बाटो बिकास लगायतका निर्माणका कार्य धमाधम बिकास भई रहेको जनप्रतिनिधिले बताएका छन । जानकी गाँउपालिकाको वडाध्यक्ष बिन्देश्वरी कुर्मी अनुसार निवार्चनको बेलामा आफुले जनता संग गरेको बाचा अनुरुप रम्वापुर, इन्दरपुर, बेलासपुर, सुर्खेत रोड लगायतका ठाँउमा गुणर्स्तरिय बाटो बनाउने क्रम जारी रहेको छ । उनले यस वर्ष ७ किलोमिटर पक्की बाटो बनाउने योजना रहेको बताएका छन । वडाको ३३ वटा टोल गरि अहिले सम्म १५ किलोमिटर पक्की बाटो, करिब १२ देखि १३ किलोमिटर आरसिसि, १०—१२ किलोमिटर ग्राभेल बाटो निर्माण भईसकेको जानकारी दिए । वडाका करिब ७५ प्रतिशत व्यक्तिहरु बिकासमा सहमत रहेको र बाटो ६० प्रतिशत बिकास गरिसकेको बताएका छन ।
किसानका लागि पानीको धारामा केहि समस्या भएको उनले बताए । उनले भने, ‘गाँउपालिकाले सहयोग गरेको छैन र सुनवाई पनि गर्दैन । गाँउपालिकाले पहिलो पटकमा १५ वटा धारा उप्लब्ध गराएको थियो । यस वर्ष भने वडाले नै धाराका लागि बजेट छुट्याएको छ । लक्षित वर्गमा १२ देखि १३ लाखको बजेट छ जसमा पनि धारा खरिद, जेष्ठ नागरिक, बाख्रा वितरण गर्ने जनता संग बाचा गरेका छौं ।’मोतिपुरको पश्चिम अम्लानालामा पुलको अभावमा किसान र स्थानियलाई सास्ती भएकोले दुई वर्ष अगाडी ६३ लाखको बजेट थियो जसमा ४३ लाखमा पुल ठेक्का दिएर टेन्डर पास गरिएको वडाध्यक्षले बताए ।निर्माण गरिएको उक्त पुल तर्दै गरेका मोतिपुरका स्थानिय जब्बार खाँले त्यस क्षेत्रका किसानलाई धेरै राहत भएको बताएका छन ।
अध्यक्षले भने, ‘ जानकी ३ मा मैदाको कारखाना निर्माण हुदैँछ । कारखाना संचालनका लागि बाटो आवश्यक भएको हुदाँ हाम्रो समवन्वयमा १।५ किलोमिटर कच्चि बाटो करिब २५ लाख बराबरको निर्माण गरिएको हो ।’जानकी– ३ को मानपुरका स्थानिय तिलक राम यादवले भने, ‘हामीलाई अहिलेको अवस्थामा जनप्रतिनिधिको सहयोग मिलिरहेको छ र वडामा बिकास पनि भएको छ ।’ आफुहरुले उक्त बिकास अनुभुति गर्न पाएको र त्यसबाट खुसी समेत रहेको बताए ।

टोलटोलमा बाटोबिकासबाट जनता सन्तुष्ट रहेको बताएका छन ।त्यस्तै, कर्मोहनाका स्थानिय सन्त कुमार वर्माले भने, जनाकी गाँउपालिका बन्जारे गाँउ, रम्वापुर, मोतिपुर, मानपुर, कर्मोहना, इन्दरपुर र जगुभरिया मुख्य गाँउ हुन ।जसको पनि दुई वटा मुख्य बाटो छ । यहाँको मुख्य समस्या पनि बाटो थियो र बिकास पछि समाधान भएको छ ।’ उनले बाटो निर्माण आफुहरुको लागि सन्तोषजनक रहेको बताएका छन ।वडा सचिव लाल बहादुर राना अनुसार एक करोड २० लाख बराबरको बजेट बिकास पुर्वाधारका लागि छुट्याएको जनाएका छन । गत वर्ष भने ७० लाख पुर्वाधार बिकासका लागि मात्र प्राप्त भए पनि ६५ लाख फर्चौट भएको थियो जसमा १० लाख फ्रिज भएको थियो । उक्त बजेट पुर्वाधार बिकासका लागि उपभोक्ता समितिहरुले बजेट माग गरिसकेका छन । बजेट अहिले कार्यान्वयन प्रकृयामा रहेको उनले बताए ।वडाध्यक्ष कुर्मी अनुसार वडामा बत्तीको समस्या थियो । आफुहरुको पहलमा अहिले वडामा मात्र बढी बत्तीको पोल जडान गरिएको छ । अहिले गाँउगाँउमा बत्तीको पोल पुगेको छ । जसको फाईदा किसानले पनि उठाएका छन । सिचाईमा किसानलाई राहत मिलेको छ । जानकी गाँउपालिका ३ मा अहिले बिभिन्न पुर्वाधार बिकासका योजना अगाडी बढेको छ । जस अन्र्तगत बिभिन्न गाँउहरुमा बाटो निर्माण कार्य जारी रहेको छ । बाटो, पुल लगायतका बिकास स्थानियहरुले अनुभुति गर्न पाएको बताएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.