spot_img
Friday, September 20, 2024
Homeब्यानर६६औं प्रहरी दिवस २०७८ को अवसरमा विभिन्न कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न

६६औं प्रहरी दिवस २०७८ को अवसरमा विभिन्न कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img

६६औं प्रहरी दिवस २०७८ को अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा आयोजित उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय, उक्त अस्पताल लगायत उपत्यकास्थित विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरु ६४ जना पुरुष र १० जना महिला गरी जम्मा ७४ जनाले रक्तदान गरेका थिए ।यसैगरी प्रहरी दिवसका अवसरमा मकवानपुर जिल्ला बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी हेटौंडा शाखासँगको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।यसैगरी दिवसकै अवसर पारेर मोरङ जिल्ला १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत ६० जना प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here