spot_img
Monday, September 16, 2024
Homeब्यानर४ किलो सुन सहित बाँकेमा दुई पक्राउ

४ किलो सुन सहित बाँकेमा दुई पक्राउ

spot_img

बाँके जिल्लाको नेपालगंज स्थित राझा विमानस्थालबाट ४ किलो काँचो सुनसहित दुई जना पक्राउ परेका छन । काठमाण्डौबाट नेपालगंज आएको श्री एयर लाईन्सको फ्लाईट नं.SHA ४३३ नं को प्लेनबाट नेपालगञ्ज आएका जिल्ला झापा खुदुनावारी गाविस वडा नं ६ बस्ने वर्ष २६ का अमिर लगुन विश्वकर्मा र जिल्ला मोरङ लेटाङ गाविस बस्ने वर्ष २८ का बुद्धिमान खातीलाई प्रकाउ गरीएको हो । । द्धय विश्वकर्मा र खातीबाट ४ किलो २१.४९ ग्राम सुन बरामत गरीएको जिल्ला बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जनाकारी दिनु भयो । नेपालगंज विमास्थलको आगमन कक्ष वाहिर पट्टी संकास्पद रुपमा रहेको अवस्थामा निजहरुलाई रोकी सोधपुछ तथा तलासी गर्दा विश्वकर्माले लगाएको दाँया र वाँया जुत्तामा रहेको सुनका २ र २ विस्कुट र खातीले लगाएको दाँया र वाँया जुत्ताको तलुवामा रहेको सुन १ र १ पिस विस्कुट गरि जम्मा ६ थान सुनका विस्कुट र खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा झोला भित्र रहेको सुनको तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थान सुन फेला पारी बरामद गरेको बाँके प्रहरीले जानकारी दिएका छ । घटनाबारे थप अनुसन्धान भैरहेको बाँके प्रहरीले बताएको छ ।

बरामद गरीएको सुन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here