spot_img
Monday, September 16, 2024
Homeब्यानर१ थान धातुको बुद्धको मुर्ति सहित ५ जना पक्राउ

१ थान धातुको बुद्धको मुर्ति सहित ५ जना पक्राउ

spot_img


बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित एक गेष्ट हाउसबाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मुर्ति सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ
गुलरिया नगरपालिका-७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुबन नगरपालिका-१ बस्ने ३४ वर्षीय उज्वल रोकाय, सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका-९ बस्ने ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका-२ बस्ने २९ वर्षीय मग बहादुर नेपाली रहेका छन् ।
उक्त गेष्ट हाउसमा पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहुमूल्य धातुको बुद्धको मुर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेका भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मुर्ति सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here