spot_img
Friday, December 5, 2025
Homeबजार१२ कक्षा नतिजा ः ननग्रेडेड ३८.८३ प्रतिशत, अंग्रेजीमा सबैभन्दा धेरै अनुत्तीर्ण

१२ कक्षा नतिजा ः ननग्रेडेड ३८.८३ प्रतिशत, अंग्रेजीमा सबैभन्दा धेरै अनुत्तीर्ण

spot_img


सोमबार सार्वजनिक १२ कक्षाको नतिजा अनुसार ३८.८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० गरी ५ लाख १० हजार ९८७ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २ लाख ४२ हजार ४६५ जना नियमिततर्फ र आंशिकतर्फ ४१ हजार ८४० जना गरी कुल २८४ हजार ३०५ विद्यार्थी ग्रेडेड भएका छन् ।

बोर्डका अनुसार नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।

गत वर्षभन्दा यो वर्ष नतिजा ९ प्रतिशतले वृद्धि भएको छ । शर्माका अनुसार विद्यार्थीको मिहेनत र शिक्षा प्रति अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको हो ।

बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा आगामी २८ र २९ भदौमा हुनेछ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here