होटल व्यवसायी संघ बाँके, नेपालगन्जको अध्यक्षमा भिमलाल कंडेल निर्वाचितभएका छन् । संघको ११ औं जिल्ला अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । कंडेल संघको पूर्वअध्यक्ष पनि हुन् । भदौं २१ गते अधिवेशन उद्घाटन गरिएको थियो । संघको बन्दसत्रले नयाँ कार्यसमिति पदाधिकारी निर्विरोध रुपमा निर्वाचित गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा घनश्याम थापा, उपाध्यक्षमा विष्णुप्रसाद पोख्रेल, उपाध्यक्ष ९महिला०मा विष्णु शाही, महासचिवमा प्रेमबहादुर शाह, सचिवमा थुमबहादुर क्षेत्री, कोषाध्यक्षमा एकराज पाण्डेय र सहकोषाध्यक्षमा घनश्याम शर्मा निर्वाचित भएको निर्वाचन अधिकृत एवम् अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।
यसैगरी सदस्यमा अतुलकुमार गुप्ता, राजकुमार विक, मेघबहादुर गुरुङ, कुलबहादुर कार्की तथा सदस्य ९महिला० मागिता सुवेदी र कल्पना भण्डारी निर्वाचित भएका छन् । संघको कार्यसमितिमा बाँकी तीनजना सदस्य पछि मनोनित गरिने निर्वाचन अधिकृत गौतमले बताए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस











