spot_img
Monday, September 23, 2024
Homeब्यानरहरेक वर्ष ४४ घण्टा घट्दैछ मान्छेको निद्रा

हरेक वर्ष ४४ घण्टा घट्दैछ मान्छेको निद्रा

spot_img

जलवायु परिवर्तनको असरका कारण मानिसको निद्रा खराब भइरहेको छ । एक अध्ययन अनुसार जलवायु परिवर्तनका कारण बढेको तापमानले मानिसहरूको निद्रालाई प्रभावित गरिरहेको छ ।डेनमार्कको कोपनहेगन विश्वविद्यालयका शोधकर्ता केल्टन माइनरले सन् २०१५ देखि सन् २०१७ को बीचमा ६८ देशका ४८००० मानिसहरुले प्रयोग गरेका निद्रा ट्रयाक गर्ने नाडीमा बाँधिने उपकरणका डाटा एकत्रित गरी विश्लेषण गरेका थिए ।
एनले स्थानीय मौसमको डाटासँगै निद्राको डाटाको तुलना गरे । साथै असामान्य रुपका गर्मी रातमा निद्राको कमीको स्तरलाई सामान्य निद्रा भएको व्यक्तिसँग तुलना गरे । त्यसक्रममा के तथ्य पत्ता लाग्यो भने असामान्य रुपमा गर्मी रातमा मानिसहरु राति अबेर सुत्ने र बिहान पनि सबेरै उठ्नै गर्दछन् अर्थात् मानिसहरु कम समयमात्र सुत्दछन् ।शोधकर्ताका अनुसार जलवायु परिवर्तनका कारण बढिरहेको उष्णीकरणले गर्दा मानिसहरुले वर्षेनी औषतमा ४४ घण्टा निद्रा गुमाइरहेका छन् ।
इदि कार्वन उत्सर्जन यहीँ दरमा भएमा सन् २१०० सम्म मानिसले वार्षिक औसतमा ५८ घण्टा निद्रा गुमाउनेछन् । उत्सर्जन कम भएमाचाहिं उक्त तथ्यांक ५० घण्टामा कायम हुने शोधकर्ताको विश्लेषण छ ।
शोधकर्ताका अनुसार रातमा औसतभन्दा धेरै गर्मी हुँदाको असर कम आय भएका मुलुकहरू, महिला तथा वृद्ध मानिसहरुको निद्रामा धेरै पर्ने गरेको छ ।
जलवायु परिवर्तनले सिर्जना गरेको निद्राको कमीको समस्यालाई समाधान गर्नका लागि मानिसहरूले आफ्नो दैनिक व्यवहारमा परिवर्तन भने नल्याएको शोधकर्ताको भनाइ छ । मानिसहरू दिउँसोको समयमा सुत्ने तथा आफूलाई मौसम अनुकुल बनाउने काम गरिरहेका छैनन् ।
एजेन्सी

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here