spot_img
Friday, September 20, 2024
Homeब्यानरहमालनै संस्थापनको आधिकारिक उम्मेदवारः केन्द्रीय सदस्य बाल्मिकी

हमालनै संस्थापनको आधिकारिक उम्मेदवारः केन्द्रीय सदस्य बाल्मिकी

spot_img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले सुरेन्द्र बहादुर हमाल संस्थापन समूहको आधिकारिक उम्मेदवार भएको घोषणा गरेका छन् । नेपालगन्जमा मंगलबार पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य बाल्मिकीले केन्द्रबाट आएको निर्देशन अनुसार आफूले बाँके कांग्रेसको सभापतिका उम्मेदवार हमाललाई आधिकारिक उम्मेदवार घोषणा गरेको बताएका हुन् । उनले भने–“प्रवक्ता डा.प्रकाशशरण महतले भन्नुभयो, हाम्रो समूहको आधिकारिक उम्मेदवार सुरेन्द्र बहादुर हमाल हो, यो कुराको घोषणा तपाईं गर्दिनुस्, र, यसमा तपाईं लाग्नुस् भनेर निर्देशन दिनुभएको छ, अहिले म बालुवाटरबाट बालिरहेको छु, शेरबहादुर दाई यहीँ हुनुहुन्छ, दाईले तपाईंलाई यो कुराको जानकारी गराइदिने भन्नुभएको छ, तपाईंले बादशाहजीलाई राम्रोसँग सम्झाइदिनुस्, पछि बाँकी कुरा गरौंला ।
बाल्मिकीले आफूले हिजै यही कुरा पार्टीका नेता कार्यकर्ता र पत्रकारहरुलाई जानकारी गराएको बताउँदै आज औपचारिक घोषणा गरेको प्रष्ट पारे । आज विहान अर्का उम्मेदवार बादशाह कुर्मीले पत्रकार सम्मेलन गरेर आफूलाई अनेक आरोप लगाएको भन्दै उनले आपत्ति जनाउँदै भने, “मैले शेरबहादुर दाईको निर्देशन मानेर काम गरेको हो, केन्द्रीय सदस्य भएको नाताले केन्द्रको कुरालाई यहाँ घोषणा गरेको हो ।“ बाल्मिकीले केन्द्रबाट फोन आएपछि यसबारेमा आफूले सहमहामन्त्री किशोरसिंह राठौर र क्षेत्रीय सभापतिहरुलाई फोन गरेर जानकारी गराइसकेको बताए । “यदि मैले गलत कुरा गरेको भए, यो कुरा आएको त २४ घण्टा वितिसक्यो, जे निर्देशन हो, त्यो मैले भनेको हुँ, अब सुरेन्द्रजी नै आधिकारिक उम्मेदवार हो, तपाईंहरु त्यही किसिमले लाग्नुस् ।“
पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार हमालले केन्द्रबाट नै आफूलाई आधिकारिक उम्मेदवार भनिसकेपछि अब विवाद गर्न जरुरी नरहेको बताए । “हामी पहिला दुई जना उम्मेदवार मिल्न सकेको भए राम्रो हुन्थ्यो, तर नमिलिसकेपछि त केन्द्रले निर्णय गर्नुपर्ने थियो, ग¥यो, अब यसलाई मानेर हामी जानुपर्छ,“ उनले भने, “केन्द्रीय सदस्यले मलाई नै आधिकरिक घोषणा गरिसकेपछि बादशाहजीले मलाई सहृदय समर्थन गर्छु भन्नु पथ्र्यो,“ हमालले अगाडि भने, “केन्द्रले बादशाहजीलाई आधिकारिक भनेको भए मैले त्यसलाई मानेर अघि बढ्थे, मैले समर्थन गर्थे, तपाईंहरु सबैलाई थाहा छ, म खेलकुदको मान्छे, नियम कानुनलाई मान्छु ।“
बाँकेमा संस्थापन समूहले सभापतिमा सहमति नजुटेपछि पदाधिकारीमा भने एउटै टिम बनाएको थियो । तर, केन्द्रीय सदस्य बाल्मिकीले उक्त टिम आफूलाई थाहा नै नदिएर मनोमानी ढंगले बनाएको भन्दै पत्रकार सम्मेलनमै आपत्ति जनाएका छन् । बादशाहले पनि आज विहान पत्रकार सम्मेलन गरेर आफू पनि संस्थापनकै उम्मेदवार भएको भन्दै कुनै हालतमा ब्याक नहुने बताएका छन् । उनले त्यस्तो प्रतिक्रिया दिएपछि केन्द्रीय सदस्य बाल्मिकीले पनि पत्रकार सम्मेलन गरेर केन्द्रको निर्देशन अनुसार हमाललाई आधिकारिक घोषणा गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here