आफ्नै श्रीमती ४० वर्षीया छोती शेर्पाको हत्या गरेको अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका–५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
फराछेतरले आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभाने र ईलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उनलाई साल्पासिलिछो गाउँपालिका–५ बाखुबाट फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
00