spot_img
Monday, September 16, 2024
Homeसमाचारस्वास्थ्य मन्त्री पौडेल शुक्रबार बाँके आउँदै

स्वास्थ्य मन्त्री पौडेल शुक्रबार बाँके आउँदै

spot_img

नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेल शुक्रबार भोली बाँके जिल्ला आउने भएका छन । स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएपछि पौडेल पहिलो पटक बाँके आउन लागेको हुन । स्वास्थ्य मन्त्री पौडेल दिनभरी बाँकेमा व्यस्त रहने कार्यतालिका रहेको छ ।बाँकेमा रहेको भेरी अस्पतालको नयाँ भवनको औपचारिक उद्धाटनका लागि स्वास्थ्य मन्त्री बाँकेका आउने लागेको हुन । विहान बुद्ध एयर मार्फत १०ः१५ मा राझा विमानस्थल आउने र सिधै भेरी अस्पताल पुग्ने कार्यक्रम रहेको छ । मन्त्री पौडेलले भेरी अस्पतालको नयाँ इन्डोर भवनको औपचारिक उद्धघाटन गर्ने छन । त्यसपछि एमआरआई सेवोका समेत औपचारिक उद्धघाटन गर्ने तालिका रहेको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले बताए । औपचरिक रुपमा उद्धघाटन नभएको एमआरआई सेवाको अवलोकन पछि नेपाली कांग्रेस जिल्ला बाँकेको पार्टि कार्यालयमा जाने कार्यक्रम रहेको छ भने कोहलपुर नगरपालिकाले आयोजना गरेको स्वास्थ्य बीमा कार्यक्रम उद्धघाटन गर्ने कार्यक्रम रहेको छ त्यस पछि मन्त्री पौडेल खजुरा स्थित सुशील कोइराला क्यान्सर अस्पताल खजुराको समेत अवलोकन गर्ने तयारीमा रहेका छ ।दिनभरी बाँकेकै कार्यक्रममा व्यस्त हुने मन्त्री पौडेल शुक्रबार बेलुका काठमाडौ फर्कने छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here