spot_img
Sunday, September 8, 2024
HomeUncategorizedस्वास्थ्यकर्मीलाई स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली तालिम प्रदान

स्वास्थ्यकर्मीलाई स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली तालिम प्रदान

spot_img

 स्थानिय तहको आयोजना तथा विभिन्न संस्थाहरुको र्आिर्थक तथा प्राविधिक सहयोगमा बुधबार देखि खजुरा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई ४ दिने स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली तालिम सुरु भएको छ । बाँके जिल्लाका नेपालगंज उपमहानगरपालिका र खजुरा गाउँपालिकाको आयोजना तथा अष्टे«लियनएड,भेरी वातावरणीय विशिष्टता समुह बाँके र केयर नेपालको आर्थिक सहयोग तथा स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रमको प्राविधिक सहयोगमा सो तालिमको आयोजना गरीएको हो । ४दिने तालिममा स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीको बारे जानकारी,तथ्याङक भर्ने तरीका,तथ्याङकको विश्लेषण ,तथ्याङकको प्रस्तुतीकरण र तथ्याङको सहि प्रयोग बारे प्रशिक्षण गरीने भेरी वातावरणीय विशिष्टता समुह बाँके(बि.ग्रुप) का फिल्ड सुपरभाईजर सम्झना चौधरीले जनाकारी दिएकी छिन ।तालिमको सहजीकरण स्वास्थ्य कार्यालय,बाँकेका मलेरिया इनिस्पेक्टर निरिक्षक दुर्गा गौतम र नेपालगंज उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक सरोज रिमालले गरी रहनु भएको भेरी वातावरणीय विशिष्टता समुह बाँकेका लेखा अधिकृत वेद दिक्षितले जानकारी दिएका छन ।यस अघि बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका स्वास्थ्यकर्मीहरुलाई पनि स्वास्थ्य व्यवस्थापन सुचना प्रणलीको तालिम प्रदान गरिएको बिग्रुपका संयोजक दुर्गा पन्थीले जानकारी गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here