स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाँकेले क्याम्पस प्रशासनलाई ५१ बुदे विभिन्न माग राख्दै पत्र बुझाएको छ र स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका अध्यक्ष केशरजंह शाहीको नेतृत्वमा गएको टोलीले महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका क्याम्पस प्रमुख डाक्टर लालमणी आचार्यलाई पत्र बुझाएका स्वतन्त्र विद्यार्थी युनियनका सचिव चिरन्जीवी बुढाले जानकारी दिएका छन ।क्याम्पस प्रशासनले क्याम्पसको दिगो विकास र व्यस्थित व्यवस्थापनको सुनिश्चिता गर्न ,व्यवस्थापकीय पक्षलाई परिणमुखी एवं पारदर्शी बनाउने पर्ने आवश्यकता महसुस गरीएको हुदाँ माग पत्र सहित ध्यानाकर्षण गराएको स्ववियु अध्यक्ष शाहीले बताए । यसैगरी माग पत्रको बारेमा स्पष्ट पार्दै अध्यक्ष शाहीले भने,हामीेले विद्यार्थीका लागि अवाश्यक खेलमैदान,नियमित पठनपाठन,सम्पुर्ण विद्यार्थीहरुका लागि अनिवार्य रुपमा डिजिटल परिचयको व्यवस्था,नियमित पठनपाठन,पुस्तकालय व्यवस्थापन,सहायक क्याम्पस प्रमुख ,विभागीय प्रमुख तथा सम्पुर्ण कर्मचारीहरु त्रिवि नियम अनुसार निर्धारित कार्यसमय भित्र कार्यालयमा बस्नुपर्ने,विभिन्न विभागका प्रयोगशालाको व्यवस्थापन,विभिन्न विभागका संयोजकहरुको अवश्यक व्यवस्थापन,कक्षाकोठाको व्यवस्थापन,क्याम्पसमा सिसिटिभी,कानुन संकाय अन्तगर्त विएएलएलविको संयोजक नियुक्ति लगायतका विषयमा मागहरु राखेका छौ ।’

यसैगरी माग पत्रमा र्विएलएलविको भर्ना शुल्क कम गर्नु पर्ने,छात्रावृत्तिको व्यवस्थापन चुस्त र दुरुस्त गराउनु पर्ने,कर्मचारी परिपुर्ति गरीनु पर्ने, गणित विषयको प्राध्यापकको व्यवस्था गरिनु पर्ने, सेमेस्टर प्रणाली अन्तर्गत विभिन्न विषयसँग सम्बन्धित विज्ञहरू ल्याई सेमिनार र कार्यशाला कक्षाको आयोजना गरिनु पर्ने, आवश्यक संख्या अनुसार कर्मचारीको माग गरिनु पर्ने ।वार्षिक प्रणाली अन्तर्गत आन्तरिक परीक्षा सञ्चालनको व्यवस्था मिलाइनु पर्ने ।परीक्षामा कर्मचारीलाई गार्ड राखिने व्यवस्थाको अन्त्य गरी भविष्यमा यस्तो कार्य नगरिने सुनिश्चितता गरिनु पर्ने,सेमेस्टर प्रणालीमा नियमित कक्षा सञ्चालनको प्रभावकारी व्यवस्था गरिनु पर्ने ,क्याम्पसको समग्र विकासका लागि दीर्घकालीन मास्टर प्लान तयार पारिनु पर्ने ,हाजिरी गरेर कक्षाकोठामा अध्यापन नगरी केवल तलबका लागि क्याम्पसमा उपस्थित हुने शिक्षकहरूको गतिविधि शिक्षा क्षेत्रको मर्यादासँग विसङ्गत भएकाले यस्ता अभ्यासलाई पूर्णरूपमा निषेध गरी यस्ता शिक्षकहरूको सेवा समाप्त गर्ने स्पष्ट व्यवस्था गरिनुपर्ने ,अपाङ्गमैत्री शौचालयको शीघ्र व्यवस्थापन गरिनु पर्ने,क्याम्पसका सबै शैक्षिक भवनहरूमा पहुँच हुने गरी चिसो, तातो र सामान्य प्रकारका शुद्ध खानेपानीको फिल्टर सहितको व्यवस्था गरिनु पर्ने ,सम्पूर्ण प्राध्यापकहरूले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने प्राध्यापक परिचयपत्र बोक्नुपर्ने,क्याम्पस परिसरभित्र साइकल, मोटरसाइकल र कार पार्किङका लागि सुविधा सम्पन्न र व्यवस्थित पार्किङ स्थलको व्यवस्था गरिनु पर्ने ,क्याम्पस परिसरमा अभिभावकहरूलाई बस्न मिल्ने गरी प्रतिक्षालय निर्माण गरिनु पर्ने ,क्याम्पस अगाडिको सडकमा ब्रेकर निर्माण गरिनु पर्ने ,परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको मितिले तीन महिनाभित्र सार्वजनिक गर्न माग गर्नुपर्ने ,क्याम्पसमा पदिय जिम्मेवारी पाएका प्रध्यापकहरु अन्य परीक्षा केन्द्रमा रनर गार्ड भएर जाने परिपार्टि अन्त्य गर्नुपर्ने ,स्नातकोत्तर तहमा कक्षा समय तालिका अनिवार्य गर्नुपर्ने , छात्रवास व्यवस्थापन गरी सञ्चालनमा ल्याउनु पर्ने लगायतका ५१ ओटा मागहरु राखिएको छ । यस्तै माग पत्र बुझ्दै क्याम्पस प्रमुख डाक्टर लालमणी आचार्यले स्ववियुका केही मागहरु पुरा भैसकेका र अन्य मागहरु पुरा हुने क्रममा रहेको हुदाँ आएका मागहरुलाई गम्भिरताका साथ लिएको बताए ।यसैगरी कार्यक्रममा सहायक क्याम्पस प्रमुख श्रीधर अधिकारी,सुवास गौतम,शिक्षाशास्त्र संकायका संयोजक तारदक्त महेशदक्त भट्ट,विएसिएस आइटीका संयोजक मदन अधिकारी,विविए कार्यक्रमका लालमणी घिमिरे,क्याम्पसका कार्यक्रम संयोजक किरण रेग्मी एवं स्ववियु पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।












