spot_img
Monday, September 16, 2024
Homeब्यानरस्वर्गीय प्रसाईको सम्झानामा निल सागर आश्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायीको सेवा भोजन

स्वर्गीय प्रसाईको सम्झानामा निल सागर आश्रममा प्रजातान्त्रिक उद्योगी व्यवसायीको सेवा भोजन

spot_img

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाकेले स्वर्गीय अच्युत प्रसाईको १३ औ पुन्य तिथिको अवसरमा बाँकेको नेपालगंजमा रहेको निल सागर आश्रममा शनिबार भोजन सेवा सहयोग गरेको छ । बाँकेको उद्योग व्यवसायको क्षेत्रमा अतुलनिय योगदान दिएका स्वर्गीय प्रसाईको सम्झनामा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले सेवा भोजन सहयोग गरेको व्यवसायी संघका अध्यक्ष संजय थापाले बताए ।संघका अध्यक्ष थापाले स्वर्गीय प्रसाईलाई सम्झदै भने,‘स्वर्गीय अचुत प्रसाईले व्यवसायी हितका लागि धेरै कामहरु गर्नु भएको छ,अहिलले हामी विच उहाँ नभएता पनि उहाँले समाज तथा व्यवसायीक हितका लागि गरेको योगदान सधैव हामी सामु भै नै रहने छ ’।यसैगरी नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीले अचुत प्रसाई गुमाउँदा सिंगो पार्टि नै मार्माहित भएको भन्दै भने,‘हामीले एक व्यवसायीक नेतालाई गुमाउन परेको छ,उहाँले व्यवसायीको हितमा देखाएका बाटाहरुलाई सधैव हामीले पच्छाउदै जानु पर्दछ ।’यसैगरी निल सागर आश्रमकी सरीता खनालले अहिले आश्रममा असहाय मान्छेहरुको संख्या बृद्धि हुदै गएको र आफ्ना दैनिक गतिविधि संचालन गर्न समेत गाह्रो भैरहेको अवस्थामा यसरी स्वर्गीय अच्युत प्रसाईको सम्झनामा भोजन सेवा सहयोग गरेर प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले पुन्य काम गरेको बताउँदै भनिन,‘अहिले आश्रममा १३१ जना हुनुहुन्छ,सडकमा भएकाहरुलाई यस आश्रममा ल्याउने काम गरी नै रहेका छौ,व्यवस्थापनका लागि गाह्रो छ,आफ्नो भवन नहुदाँ अझै गाह्रो भएको हो,आफ्नो भवन बनाउने काम अहिलेलाई रोकिएको अवस्था छ,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले स्वर्गीय अच्युत प्रसाईको १३ औ पुन्य तिथिको अवसरमा आश्रमलाई भोजन सेवा सहयोग गरेकोमा धेरै धेरै आभारी छौ ।’यसैगरी भोजन सेवा सहयोग कार्यक्रममा नेपाली कांग्रेस टे«ड युनियन बाँकेका कार्यवाहक अध्यक्ष तोजेन्द्र विक,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंज नगर अध्यक्ष शिवप्रसाद दाहाल लगायको उपस्थिति रहेको थियो ।यस्तै प्रजातान्त्रिक उद्योगी व्यवासायी संघका परिकल्पनाकार तथा सल्लाकार समेत रहेका स्वर्गीय अच्युत प्रसाईको स्मृतिमा शोक सभा समेत आयोजना गरेको भने दीप प्रज्वलन समेतको कार्यक्रम रहेको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका सचिव हिमनाथ पौडेलले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here