spot_img
Thursday, September 19, 2024
Homeब्यानरस्वःचाचाको ९६ औं जन्मजयन्तीमा विचार गोष्ठी

स्वःचाचाको ९६ औं जन्मजयन्तीमा विचार गोष्ठी

spot_img

लोकतन्त्रको सुदृढिकरणका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बुधवार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । प्रेस स्वतन्त्रता सेनानी तथा नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्वः पन्नालाल गुप्ताको ९६ औं जन्मजयन्तीका अवसरमा नेपाल प्रेस युनियन बाँके र स्वः गुप्ता प्रतिष्ठानले आयोजना गरेको लोकतन्त्र सुदृढिकरणमा पत्रकारहरुको भूमिका विषय विचार गोष्ठीमा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष नीरज कुमार गौतमले विषय प्रवेश गराउँदै लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि गुप्तले पत्रकारिताका माध्यमबाट निभाएको भूमिका अतुलनिय रहेको बताए । उनले मिसन पत्रकारिताका क्षेत्रमा गुप्त सबैका प्रेरणाका पात्र रहेको उल्लेख गरे । उनले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारहरुको भूमिकालाई पनि बलियो बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि मर्यादित पत्राकारिता आवश्यक रहेको उनको भनाइ थियो । गौतमले भने, ‘लोकतन्त्रमा स्वर्गीय चाचाको भुमिका अतुलनिय रहेको अवस्थामा लोकतन्त्र भनेको सबैले अभ्यास गर्न पाउने व्यवस्था हो यसको विकल्प खोज्नु भनेको नराकात्मक सृर्जना गर्न वा लोकतन्त्र नबुझेकाहरुले मात्रै हो ।’ अर्का वरिष्ठ पत्रकार शिव डोटेलले पनि लोकतन्त्रलाई मजवुत गराउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरु दल भन्दा माथि उठ्नु पर्ने बताए । उनले मिसन पत्रकारिता भन्दा पनि अहिले फेसबुक केन्द्रीत पत्रकारिताको अभ्यास भइरहेकाले पत्रकारिताप्रति आम नागरिकहरुको बुझाइ नकारात्मक बन्दै गएको बताए । प्राज्ञ सनत कुमार रेग्मीले पनि लोकतन्त्रको रक्षा गर्ने काम पत्रकारको भएको बताउँदै अगाडि भने,‘सत्ता जहिले पनि निरंकुशता हावी हुने गर्दछ, त्यस अवस्थामा पत्रकारको भूमिका अहम हुने गर्द ।’ स्वःपन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष विजय गुप्ताले भने,‘प्रजातन्त्रको पुर्नस्थापनामा चाचाले आफ्नो जीवन नै अर्पण गरेको सन्दर्भ छ यस अवस्थामा लोकतन्त्रको विकल्प भनेको अझै राम्रो बनाउने, प्रणालीमा सुधार ल्याउने हो,कसैले देशलाई गलत बाटोमा लैजान्छु भनेर कल्पना नगरे पनि हुन्छ ।’ गुप्त पन्नालाका पुत्र हुन् । उनले आफ्ना पिताले मिसन पत्रकारिताको जग बसालेको भन्दै सबैको त्यो प्रेरणादायी हुने उल्लेख गरे । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले पश्चिम क्षेत्रमा स्वर्गीय गुप्तको योगदानलाई सबैले आफ्नो तर्फबाट अपनत्व ग्रहण गर्नु पर्ने बताए । उनले भने,‘स्वर्गीय पन्नालाल गुप्तले पत्रकारीकता जगतमा अतुलनिय सेवा गरेको हुदाँ उहाँसँग जोडिएका विषयहरुलाई सबैले अपनत्व ग्रहण गर्नु पर्दछ ।’ यसैगरी पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष रुद्र सुवेदीले सामाजिक संजालमा आएका सबै सन्देशहरु समाचार नहुने बताउँदै भने,‘सामाजिक संजालमा आएका खबर सबै समाचार हुन सक्दैनन,प्रविधिलाई अपनाउँदै त्यसमा ध्यानदिनु पर्दछ ।’ प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको विचार गोष्ठीमा प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, डब्लुडब्लुजेका अध्यक्ष सावित्री गिरी, पत्रकार मधु पौडेल लगायतले आआफ्नो विचार राखेका थिए । शाखा उपाध्यक्ष कमल खत्रीले स्वागत मन्तव्य व्यक्त गरेको विचार गोष्ठिको सहजीकरण शाखा सचिव भिष्म लोधले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here