spot_img
Friday, September 20, 2024
Homeब्यानरसेन्टर नेपालगंज शाखामा बोहरा

सेन्टर नेपालगंज शाखामा बोहरा

spot_img

प्रेस सेन्टर नेपाल नेपालगंज शाखाको अध्यक्षमा चन्द्र बोहराको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । शाखाको उपाध्यक्ष अमर शाही, महिला समावेशी उपाध्यक्ष सबिता चन्द, सचिव आकाश कसौधन (गुप्ता) सह सचिव गणेश पौडेल, अरशद अलि रङ्ग्रेज र कोषाध्यक्षमा शेर बहादुर बोहरा चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा पुष्पा सुनार, दिपा मगर सहित १९ सदस्यीय र पछि मनोनीत २ सदस्य हुनेगरी २१ सदस्यीय उपमहानगर समिति चयन गरिएको छ । प्रेस सेन्टरले पालिका स्तरिय शाखा विस्तार अभियान अन्तर्गत पहिलोपटक नेपालगंज शाखा विस्तार गरेको हो ।
नयाँ नेतृत्व आइसकेपछि प्रेस सेन्टर बाँकेले आईतबार नोपलगंजमा प्रथम ऐतिहासिक भेलाको आयोजना गरि पालिका स्तरिय शाखा विस्तार अभियान सुरु गरेको हो ।आईतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रिय सदस्य सुशिल शर्माले परिवर्तनको संवाहको रुपमा सगंठनको उदय भएको बताउँदै समाजवादको सवालमा सदैव अगाडी रहेको बताए।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगरपालिकाका इन्चार्ज अकल बहादुर बमले प्रेस सेन्टर वास्तवमै प्रेसहरुको सेन्टर हुनुपर्ने बताउनु भयो । नेता बमले आजको जस्तो गम्भीर अवस्थामा प्रेस सेन्टर नेपालले वास्तविक खोज पत्रकारिता गर्ने पत्रकार उत्पादन गरेर देशमै एउटा सन्देश पर्वाह गर्नु पर्ने बताए । त्यस्तै लुम्बिनी प्रदेश सदस्य गेहेन्द्र शर्मा (नवीन) ले प्रेस सेन्टर नेपालमा आवद्ध पत्रकारले लेखन क्षेत्रमा निखार ल्याउन जोड दिए ।
थारु पत्रकार संघका अध्यक्ष हेमन्त चौधरी,वाइसिएलका केन्द्रीय सदस्य मिना चादरा (मनिषा), प्रेस सेन्टर बाँके अध्यक्ष डक्ट प्रसाद धिताल, प्रेस सेन्टर नेपाल लुम्बनी प्रदेशका सचिव एंव पालिकाका इन्चार्ज आलम खान, आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, पत्रकार महासंघ बाँके सहसचिव कृष्ण ओली, प्रेस सेन्टर लुम्बिनी प्रदेश उपाध्यक्ष तथा बाँके इन्चार्ज प्रदिप वाग्ले, केन्द्रिय सदस्य शिव सुनार र नेपालगन्ज उपमहानगर अध्यक्ष रतनबहादुर शाही लगायतले प्रशिक्षण सहितको शुभकामना मन्तव्य दिएका थिए ।कार्यक्रम संचालन प्रेस सेन्टर बाँके कार्यवाहक सचिव केपि घिमिरेले संचालन गरेका थिए भने निर्वाचन प्रमुखमा अधिवक्ता तिर्थ ज्ञावाली (राजन) ले १९ जना निर्वाचित कार्यसमितिको नाम घोषणा गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here