spot_img
Saturday, February 21, 2026
Homeब्यानरसुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

सुधान्शुलाई मतदाताले भने–“बदलिएको काँग्रेसलाई मत दिन्छौं”

spot_img

आगामी निर्वाचन नजिकिँदै जाँदा गाउँदेखि सहरसम्म राजनीतिक बहस चर्किएको छ । चिया पसल, चौतारा र सामाजिक सञ्जालमा एउटै चर्चा सुनिन्छ–“यसपटक बदलिएको काँग्रेसलाई अवसर दिनुपर्छ ।” धेरै मतदाताको बुझाइमा लामो इतिहास बोकेको नेपाली काँग्रेस अहिले आन्तरिक सुधार, नयाँ अनुहार र स्पष्ट नीतिगत प्रतिबद्धतासहित अघि बढेको छ । बाँके क्षेत्र नं।२ का काँग्रेस उम्मेदवार सुधान्शु कोइराला घरदैलोमा पुग्दा पनि मतदाता उत्साहित थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नं।४ गणेशपुरमा वडा कार्यसमितिले आयोजना गरेको घरदैलोमा पुग्दा स्थानीय रिनु सेरचनले पार्टीभित्रको संरचनात्मक सुधार र महाधिवेशनपछिको नेतृत्व चयनले यो पटक काँग्रेसलाई मत दिने बताइन् । काँग्रेसले समावेशी प्रतिनिधित्व र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राखेकाले पनि आफुहरु उत्साहित भएको उनको भनाइ छ । “बदलिएको काँग्रेस” भन्ने नाराले जनमानसमा सकारात्मक प्रभाव पार्न थालेको देखिन्छ । अर्का मतदाता विजय साहुले पनि बदलिएको काँग्रेसप्रति भरोसा जागेको बताए । नेपाली काँग्रेस बाँकेका सचिव समेत रहेका उम्मेदवार कोइरालाले शुक्रबार नेपालगन्जको बजार क्षेत्रमा समेत घरदैलो गरेका छन् । त्यसक्रममा उनले ब्यापारीहरुको समस्या सुने । सहज बजार व्यवसायका लागि नीतिगत रुपमा सहजीकरणको भूमिका निर्वाह गर्ने विश्वास दिलाए । कोइरालाले नेपालगन्ज उपमहानगरपालिका वडा नं।४ गणेशपुर, वडा नं।१८ भुजइँगाउँमा घरदैलो गरेका छन् ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here