spot_img
Friday, September 20, 2024
Homeब्यानर‘सुदृढ र सवल काँग्रेस बनाउन लाग्नुपर्नेमा जोड’

‘सुदृढ र सवल काँग्रेस बनाउन लाग्नुपर्नेमा जोड’

spot_img

नेपाली काँग्रेस बाँकेले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा हार जीत स्वभाविक भएको भन्दै अव सबै काँग्रेसजन सुदृढ र सवल काँग्रेस बनाउन लाग्नुपर्नेमा जोड दिएको छ । काँग्रेस बाँकेले मंगलवार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेस एकतामा जोड दिएको हो ।

काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले सबैलाई अट्ने र सबैलाई जित्ने काँग्रेस बनाउन मेहनत जरुरी रहेको भन्दै त्यसमा आफुनो भगीरथ प्रयत्न हुने बताए । पार्टीभित्र मूल्यांकनको परिपाटी बसालिने उल्लेख गर्दै उनले स्वाभिमानी काँग्रेस भएर पार्टी जीवनमा अग्रसर हुने वातावरण सिर्जना गरिने बताए ।

फरक प्रसंगमा उनले आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्न सक्षम भएपनि संघ र प्रदेशको निर्णयका आधारमा चुनावी गठबन्धन हुने बताए । उनले अव काँग्रेस बाँकेको ध्यान आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताए ।

चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै नेता कार्यकर्ताहरु गाउँगाउँमा परिचालन गर्ने योजनामा काँग्रेस बाँके रहेको उनले जानकारी दिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here