spot_img
Friday, October 18, 2024
Homeब्यानरसाहित्यकार महानन्दद्धारा लेखिएको उपन्यास बुह्रानको आवरण सार्वजानिक

साहित्यकार महानन्दद्धारा लेखिएको उपन्यास बुह्रानको आवरण सार्वजानिक

spot_img

बुह्रान क्षेत्रमा बस्ने गरीव थारु तथा पहाडी समुदायको आपसी सम्बन्ध तथा सहकार्यलाई मुख्य विषयवस्तु बनाएर लेखिएको साहित्यकार महानन्द ढकालको उपन्यास बुह्रानको आवरण सार्वजानिक भएको छ ।साङ्ग्रिला बुक्सले सार्वजानिक गरेको उपन्यास बुह्रान उपन्यास जातीय समानता र सहकार्यको कथा रहेको उपन्यासकार ढकालले जानकारी दिएका छन ।उपन्यासमा गरिव थारुहरुको सपनाले यात्रा गरेको,गाँस,बाँस र कपासका लागि थारुहरुको रोजाइमा परेको बुह्रानको कथा हिमालकी निङ्माले पहाडकी पार्वती र तराईका माइला थारुलाई प्रमुख पात्र बनाएर उधिनेकी छन । थारु संस्कार र सस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको बुह्रान उपन्यासमा थारुहरुको जीवनचर्या र सामाजिक उपस्थितिको मुल्याङकन गर्न खोजिएको देखिन्छ ।उपन्यासमा बसाइसराइका बाध्यता तथा थारु समुदायमा रहेको प्रचलित कमैया तथा कमलह्री प्रथाबाट सिर्जना भएको अवस्था,जातीय समानताका लागि अन्तरजातीय विवाह महत्वपुर्ण हुन सक्ने कुरा औल्याउन खोजिएको छ । समान आर्थिक हैसियत भएका फरक समुदायका पावतती र माइला मध्ये पार्वतीको जीवनस्तरमा परिवर्तन आउँदा माइलाको जीवनस्तरमा परिवर्तन नआउनुका कारणहरु खोजी गरिएको उपन्यास बुह्रानमा थारु जाती र उनीहरुले ज्यानको बाजी लगाएर गरिएका आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुको लेखाजोखा गरिएको कुरा साहित्यकार ढकालले बताएका छन ।विििभन्न साहित्यक विधाहरुमा निरन्तर कलम चलाउँदै आउका ढकाल नेपाली साहित्यिक क्षेत्रका परिचित साहित्यकार हुन ।साहित्यकार ढकालको साहित्यलाई संस्थागत रुपमा विकसित तुल्याउन गरेको योगदान महत्वपुर्ण मानिन्छ । कविता लेखनबाट साहित्यमा प्रवेश गरेका ढकालले “खण्डित आत्मा,गजल सङग्रह,२०५८,“उस्तैउस्तै छालहरु” गजल संग्रह(२०५९००००),“अव्यक्त प्रत्याशा”गजल संग्रह(२०६३),“घाँम उदाए”हाइकु संग्रह,(२०६८),र सिमाना मुक्त संग्रह(२०७७),यस पहिला नै प्रकाशित गरिसकेका ढकालको आख्यानको क्षेत्रमा “बुह्रान”पहिलो उपन्यास हो ।उपन्यासको आवकरण कलाकार देवेन्द्र थुम्केलीले बनाएका हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here