spot_img
Friday, December 5, 2025
Homeबजारसाहित्यकार तिमिल्सिनालाई ‘प्रेमप्रकाश मल्ल स्मृति पुरस्कार’ प्रदान

साहित्यकार तिमिल्सिनालाई ‘प्रेमप्रकाश मल्ल स्मृति पुरस्कार’ प्रदान

spot_img

‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ यस वर्ष साहित्यकार डा। हरिप्रसाद तिमिल्सिनालाई प्रदान गरिएको छ। वरिष्ठ साहित्यकार, गीतकार तथा सङ्गीतकार स्वर्गीय मल्लको सम्झना स्वरूप परिवारका सदस्यको सहयोगमा भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जले उक्त पुरस्कार कोष स्थापना गरेको थियो।
स्वर्गीय मल्लको ९०औँ जन्मजयन्तीको अवसरमा नेपालगन्जमा शनिबार एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य एवम् महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा। तिमिल्सिनालाई दोसल्ला ओढाएर नगद ५१ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सनत रेग्मी, भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेत, प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, प्राध्यापक डा। कृष्णप्रसाद घिमिरे लगायतले पुरस्कृत गरे।
वि।सं। १९९३ साउन ११ गते जन्मेका बहुप्रतिभाका धनी प्रेम प्रकाशको २०७२ वैशाख ११ गते निधन भएको थियो। मल्लका चर्चित गीत ‘पोखरा त साँच्चिकै पोखरा नै रैछ।।।’, ‘वनकी म चरी।।।’ लगायत थुप्रै गीत तथा साहित्यिक कृतिहरू रहेका छन्।
स्वर्गीय प्रेम प्रकाशकी छोरी वाणीश्री मल्लले नेपाली साहित्यिक क्षेत्रमा पिताले गरेको योगदानलाई जीवन्त बनाइराख्न पुरस्कार कोष स्थापना गरेकी थिइन्। कोषमा ५ लाख १ सय ४७ रुपैयाँ रहेकोमा शनिबार नै छोरी वाणीश्रीले थप एक लाख रुपैयाँ प्रदान गरेसँगै कोषको राशि ६ लाख १ सय ४७ रुपैयाँ पुगेको समाजका अध्यक्ष बस्नेतले बताए। ‘स्वर्गीय मल्लले दिएको योगदानलाई जीवन्त बनाउन अझै हामीले धेरै काम गर्न बाँकी छ, यसका लागि सबैको सहयोग चाहिन्छ,’ बस्नेतले भने, ‘उनी राष्ट्रकै गहना हुन्, हामीले उनको लागि सक्दो गर्ने हो।’
पुरस्कार वितरण कार्यक्रममा बोल्ने वक्ताले स्वर्गीय मल्ल बहुप्रतिभाका धनी व्यक्तित्व भएको भन्दै उनको योगदानबारे चर्चा गरे। कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव रेग्मीले स्वर्गीय मल्लका कृतिलाई एकीकृत गर्न आवश्यक रहेकोमा जोड दिए। वरिष्ठ साहित्यकार मल्ललाई चिनाउन यस क्षेत्रका साहित्यकारहरूको पनि विशेष भूमिका रहेको उनले बताए।
स्वर्गीय प्रेम प्रकाशकी छोरी वाणीश्रीले बुवाको योगदानलाई अविस्मरणीय बनाइराख्न आफूहरूले पनि सक्दो प्रयास गरेको बताइन्। सो क्रममा प्राध्यापक डा। कृष्णप्रसाद घिमिरे, साहित्यकार एवम् पत्रकार नरेन्द्रजङ्ग पिटर, प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, पुरस्कृत व्यक्तित्व एवम् उपप्राध्यापक डा। तिमिल्सिना, साहित्यकार किरणा आचार्य, लेखप्रसाद प्याकुरेल, सुन्दर गुरुङ लगायतले स्वर्गीय प्रेम प्रकाशको योगदानबारे चर्चा गरेका थिए। नागरिक

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here