spot_img
Monday, September 16, 2024
Homeब्यानरसालकको खपेटा सहित बाँकेमा एक पक्राउ

सालकको खपेटा सहित बाँकेमा एक पक्राउ

spot_img

सालकको खपेटा सहित बाँके सशस्त्र प्रहरीको टोलीले एक व्यक्तिलाई सोमबार बाँकेको नेपालगंज उपमहानगरपालिका–१६ बाट पक्राउ गरको छ । सोमबार विहान सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हेड क्वाटर बागेश्वरीबाट सशस्त्र प्रहरी सहायक निरिक्षक गोविन्द विहारी शुक्लाको कमाण्डमा गएको गाडी मोबाईल टोलीले नेपालगंज उपमहानगरपालिका –१६ जयसपुर ईलाका हुदै नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा जिल्ला बर्दिया बारबर्दिया नगरपालिका–९ वस्ने वर्ष २४ का नहकुल थापा मगरलाई पक्राउ गरेको हो । थापा मगरलाई चेकजाँच गर्दा निजको झोलाबाट सालकको खपेटा १४ सय ग्राम,मोबाइल एक थान,सिमकार्ड एकथान,प्रयोग नभएको सिम एक थान ,रातो रंगको सानो ब्लाङकेट एक थान र हरियो रङगको झोला एक थान बरामत गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । आवश्यक कारवाहीका लागि जिल्ला डिभिजन बन कार्यालय नेपालगंजमा पठाई सकेको सशस्त्र प्रहरी प्रमुख अशोक कुमार बमले जानकारी दिनु भयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here