spot_img
Friday, September 20, 2024
Homeब्यानरसामुहिक नेतृत्व मुख्य विषय बनाउने पर्ने निर्णय सहित बाँके कांग्रेस क्षेत्र नं.२...

सामुहिक नेतृत्व मुख्य विषय बनाउने पर्ने निर्णय सहित बाँके कांग्रेस क्षेत्र नं.२ को बैठक सम्पन्न

spot_img

नेपाली कांगे्रस बाँके प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं.२ को कार्यसमिति बैठक मंगलबार बाँकेको नेपालगंजमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।भर्खरै सम्पन्न निर्वाचित कार्यसमिति क्षेत्र नं.२ का क्षेत्रिय सभापति रमेश कुमार गुप्ताको सभापतित्वमा सम्पन्न सो वैठकमा नेपाली कांग्रेसलाई बलियो र ससक्त पार्टिको रुपमा विस्तार गर्दे सामुहिक नेतृत्वलाई मुख्य विषय बनाइने नेपाली कांग्रेस क्षेत्रिय सचिव सुनिल सिंह हमालले जानकारी दिए ।सचिव हमालले भने,“जिल्लामा सबै प्रकारका निर्वाचनमा पहिलो नम्बरको पार्टि निर्माण र संगठन निर्माणका लागि सामुहिक नेतृत्वका लागि कार्यसमितिले निर्णय पास गरेको छ ।” सामुहित नेतृत्वलाई आत्मसात गर्दै अगाडि बढ्नकाल संकल्प प्रस्ताव पारित गर्दे १४ औ महाधिवेशनमा सबै जिल्ला सबै तहका निर्वाचित तथा नेतृत्वमा पुगेकालाई सफलताको कामना समेत बैठकमा व्यक्ति गरीएको छ ।१४ औ महाधिवेशनमा सहभागि हुन प्रदेश र केन्द्रीय नेतृत्वमा सकारात्मक पहलका लागि अग्रज नेतृत्वलाई बैठकले अनुरोध गरेको छ ।बैठकमा प्रदेश तथा क्षेत्रिय पदाधिकारीहरु एवं सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरीएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here