spot_img
Thursday, September 19, 2024
Homeब्यानरसामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन नेपालगन्जमा सुरु

सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन नेपालगन्जमा सुरु

spot_img


सामुदायिक रेडियो प्रशारक संघ(अकोराब)को १६औ वार्षिक साधारणसभा एव्रम सामुदाियक रेडियो राष्ट्रिय सम्मेलन बाँकेको नेपालगंजमा बुधबारबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनमा देशभरका ७७ जिल्लाबाट ३६१ सामुदायिक रेडियोका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको छ । साधारण सभा एव्म रेडियो राष्ट्रिय सम्मेलनको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले गरेका हुन ।साधारणसभा एवम् सम्मेलनमा पाँच जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सामुदायिक रेडियो अभियन्ताहरु पूर्व अध्यक्ष मिन बहादुर शाही र मोहन चापागाईं, संस्थापक मध्येका एक दधिराम सुवेदी, थारु समुदायको बरघर एवम् थारु अगुवा बर्दियाका पतिराम थारु र कला क्षेत्रका साधक नेपालगञ्जका कलाकार श्यामानन्द सिंह ठकुरीलाई सम्मान गरीएको हो ।नेपालगन्ज घोषणापत्र जारी गर्दै सम्मेलन भोली विहिबार सकिने सम्मेलनमा भाषाभाषीको संरक्षण र प्रवद्र्धनमा सामुदायिक रेडियोको भूमिका, विपद् तथा महामारी लगायतका नयाँ चुनौतीहरुको सामना गर्न सक्ने समुदाय निर्माणमा सामुदायिक रेडियोको भूमिका, सामुदायिक रेडियोले आफ्नो प्रशारणमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरु, दिगो विकासका साथै नेपाली समाजमा विद्यमान विभिन्न कुरिती तथा परम्परागत हानीकारक अभ्यासको अन्त्यका लागि सामुदायिक रेडियोको बुझाई र योगदानका विषयमा संवाद गरिने विषयमा समेत केन्द्रित रहने छ ।ूसंविधानले व्यवस्था गरे अनुरुप तीन तहको सरकार निर्माण भइसकेको र नयाँ कानुनहरु समेत निर्माण भइरहेको अवस्थामा सामुदायिक रेडियोले निर्वाह गर्ने दायित्वमा समेत विचार र संवाद गरीनु पर्ने सम्मेलनको निकर्ष रहेको छ । सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले राज्यको स्पष्ट नीति नहुँदा सामुदायिक रेडियोहरुले थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको तथा सामुदायिक रेडियोहरुको अलग पहिचान स्थापित गर्न राज्यले विशेष ध्यान बताए । उद्घाटनमा विभिन्न धर्मका धर्मगुरुहरुले सामूहिक मन्त्रोच्चारण गरेका थिए । उद्घाटन कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्याल, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।यसैगरी कार्यक्रमको पुर्वसन्ध्यामा पत्रकार सम्मेलनको समेत आयोजना गरी सम्मेलन तथा साधारण सभाका बारेमा जानकारी दिइएको थियो

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here