spot_img
Tuesday, October 22, 2024
Homeब्यानरसाकारको १० औ वार्षिक साधारण सभा सम्पन्न

साकारको १० औ वार्षिक साधारण सभा सम्पन्न

spot_img

बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिकामा रहेको साकार कृषि सहकारीले आफ्नो १० औ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष मनोज कुमार मौर्यको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको उद्घाटन लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गरेका थिए । सस्थाले साधारसभामा यस वर्ष खुद नाफाबाट संरक्षित पूँजि फिर्ताकोष कारोबारका आधारमा अधिकतम २० हजार र सेयर लाभांश प्रति सेयर १३ प्रतिशतका दरले वितरण गर्न प्रस्ताव गरेको थियो । त्यस्तै यस कृषि सहकारीले बचतको कारोबार गर्ने भएकाले यस वर्ष कुल १७ करोड ४० लाख ५० हजार ५ सय ४६ संकलन गरेकोमा १४ करोड ४० लाख ७ सय २१ फिर्ता गरेको र ८ करोड १७ लाख ८३ हजार ४ सय ४८ बचत बाँकी रहेको जनाएको छ । सस्थाले १८ करोड ९९ लाख ७५ हजार ३ सय ५४ रुपैया कर्जा लगानी गरेको जनाएको छ । सहकारीलाई जिल्लामै उत्कृष्ट बनाउन जिल्लामा करिव ५० हजार सदस्य बनाउने लक्ष्य बोकेको छ । सहकारी बाटै १ हजार जनालाई रोजगारी प्रदान गर्ने र प्रत्येक सदस्यको खातामा १० लाख हुने गरी आफ्नो कार्यक्रमहरु संचालन गरिरहेको सहकारीले जनाएको छ ।साकार सहकारीले विभिन्न जातका तरकारी तथा खाध्यान्नहरुको बिउ उत्पादन तथा प्रशोधन र बजारीकरणका काम गरिरहेकोमा बचत संकलन रकर्जा लगानी गर्दै आएको जानकाएको छ । विभिन्न निकायसंग समन्वय गरि ब्लक, पकेट तथा जोनका कार्यक्रम पनि संचालन गर्दै आएको साधारण सभामा जानकारी गराइएको थियो । यसैगरी सहकारीले १५० हेक्टर क्षेत्रफलमा राधा ४ र ४० हेक्टर क्षेत्रफलमा राम धान विउ उत्पादन गरेको छ । ८० हेक्टर क्षेत्रफलमा गहुँको विउ उत्पादन कार्यक्रम गरिएको छ भने १६ सय क्विन्टल धानको बिउ राप्ती सोनारीका साथै विभिन्न अन्य निकायमाझमा वितरण गरिएको सहकारीले जनाएको छ । नरैनापुर गाउँपालिकाको सिमानामा ४ सय क्विन्टल धानको बिउ भारततिरका किसानले खरिद गरेर लगेको सहकारीका मुख्य व्यवस्थापक जमान सिंह वलिले जानकारी दिए ।साकारले किसानहरुलाई राप्ती सोनारी गाउँपालिकाबाट खाध्यान्न तथा तरकारी प्रवद्र्धन कार्यक्रम अन्तरर्गत एक करोड र १ करोड तिस लाख किसानको सहभागिता गराएर २ करोड ३० लाख बराबरको कृषि सामाग्रीहरु वितरण गरिसकेको छ । राप्ती सोनारी गाउँपालिकाको कृषि शाखासगंको सहकार्यमा मल विउ कार्यक्रम अन्तरर्गत ९० हजार बराबरको कार्यक्रम संचालन गरि किसानलाई सेवा प्रदान गरिएको सहकारीका प्रवन्धक भरत कुमार खत्रिले जानकारी गराएका छन । त्यस्तै कृषि ज्ञान केन्द्र बाँकेको ५० प्रतिशत अनुदानमा १६ लाख बराबरको कार्यक्रम सहकारीले संचालन गरेको छ ।सहकारीमा ५५८२ जना सदस्य पुगिसकेका छन । साकार कृषि सहकारी संस्थाले नेपालगन्ज, कोहलपुर, कचनापुर र बैजापुर क्षेत्रमा सेवा केन्द्र स्थापना गरि सेवा प्रदान गर्दै आएको छ । सहकारीले १० औं वार्षिक साधारण सभामा उत्कृष्ठ कर्मचारीका साथै सहकारीसगं आवद्ध विभिन्न निकाय तथा व्यक्तिलाई सम्मान समेत गरेको थियो ।

लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काद्धारा मायाको चिनो ग्रहण गर्दैै

यसैगरी लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री खड्काले सहकारीलाई डिजिटल बनाउन आवश्यक रहेको बताए । जनताको समृद्धि र विकासका लागि सहकारीले उत्पादनमा आधारीत कार्य गर्न आवश्यक रहेको बताउँदै उद्योगतिर पनि हात हाल्न जरुरी रहेको भन्दै यस विषयमा सम्बन्धित सहकारीकर्मिहरुसगं सरकारले छलफल गरिरहेको उल्लेख गरे । सहकारीहरुलाई व्यवस्थित बनाउन बार्षिक कार्य योजना प्रदेश सरकारले बनाएको मन्त्रि खड्काले बताए। कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’ले सहकारीले ग्रामिण जनतालाई गाउँमै बचतका साथै सामुहिक कार्यतर्फ अग्रसर बनाएको बताईन । उनले उ साकार कृषि सहकारीले किसानहरुलाई व्यवसायिक बनाउन समेत मद्धत पुगाएको बताईन । यसैगरी सहकारी सघं लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम सुबेदिले साकार सहकारी जस्तै अन्य सहकारीहरुले काम गरे मुलुकमा आर्थिक समृद्धि आउन समय धेरै नलाग्ने बताए । अध्यष सुवेदीले प्रदेशमा निर्माण भएको ऐनलाई केहि परिमार्जन गर्न जरुरी रहेको बताए। कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकाल, राप्ती सोनारी गाउँ पालिकाका वडा अध्यक्षहरु लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपस्थिति अथितिहरु
सास्कृतिक कार्याक्रमको सानो झलक
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here